Websoft University

चितवनले ललितपुरलाई १ विकेटले पराजित गर्यो


काठमाण्डौ पुस १८ गते । रातो तारा डट कम,बागमती प्रदेश क्रिकेट टिमको छनोट खेलमा चितवन क्रिकेट एसोसियसनले ललितपुर क्रिकेट एसोसियसनलाई पराजित गरेको छ । टियु क्रिकेट मैदानमा हिजो भएको खेलमा चितवनले ललितपुरलाई १ विकेटले पराजित गरेको हो । ललितपुरले दिएको १ सय ९७ रनको लक्ष्य चितवनले ३७ ओभर ४ बलमा ९ विकेट गुमाएर पुरा ग¥यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले ४० ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । छनोट अन्तर्गत कै अर्को खेलमा मकवानपुरले नुवाकोटलाई २ सय १३ रनले हराएको छ । मकवानपुरले दिएको २ सय ६९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नुवाकोट ५५ रन मै अलआउट भएको थियो । 





 



 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.