Websoft University

विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ८ करोड ४३ लाख ५६ हजार ९ सय ९९ पुगे


काठमाण्डौ पुस १८ गते । रातो तारा डट कम,विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमितको सङ्ख्या ८ करोड ४३ लाख नाघेको छ । गत २४ घन्टामा विश्वभर थप ५ लाख ४९ हजार २ सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ८ करोड ४३ लाख ५६ हजार ९ सय ९९ पुगेको छ । वल्ड मिटर्सको तथ्याङ्कअनुसार गत २४ घन्टामा विश्वभर थप ९ हजार ३ सय ४० जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १८ लाख ३४ हजार ५ सय १९ पुगेको छ । यस्तै हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ५ करोड ९६ लाख २५ हजार ६ सय ४१ जना स्वस्थ भएका छन् । पछिल्लो २४ घण्टाभित्र थपिएका सङ्क्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी १ लाख ६३ हजार २ सय ५२ जना रहेका छन् भने २ हजार ८५ जनाको मृत्यु भएको छ । यस्तै भारतमा पछिल्लो २४ घण्टामा १७ हजार ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १ सय ८७ जनाको मृत्यु भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.