Websoft University

हिमाली भू–भागमा हिमपात हुने


काठमाण्डौ पुस २० गते । रातो तारा डट कम,उच्च पहाडी क्षेत्रमा पानी र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात सुरु भएको छ । आजदेखि सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडि तथा तराईका थोरै भू–भागहरूमा हल्का वर्षाको पनि सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । हाल पश्चिमी वायुमा बिकसित भएको न्युनचापिय प्रणालीको प्रभावका कारण आजदेखि केहि दिनसम्म देशका धेरैजसो भू भागहरुमा बदली, बर्षा र हिमपात हुने सम्भावना रहेको छ । आज रातीदेखि बागमती प्रदेश, प्रदेश १ र प्रदेश २ का धरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदलि भई उच्च पहाडी र हिमाली भू–भागका केहि स्थानहरुमा हल्का हिमपात र पहाडि भू–भागका थोरै स्थानहरुमा हल्का बर्षा हुने सम्भावना रहेको छ । पुस २२ गते पर्सीदेखि मौसम सफा हुँदै जानेछ । वर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा केहि गिरावट आई देशैभरी चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट बच्न र सजग रहन चिकित्सकको अनुरोध छ ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.