Websoft University

बालअधिकारको क्षेत्रमा सक्रिय अधिकारकर्मी सुरेश गुप्ता पक्राउ


 गाईघाट २६ पौष । रातो तारा डट कम,एक दशक देखी बालअधिकारको क्षेत्रमा सक्रिय अधिकारकर्मी सुरेश गुप्ता पका्रउ परेकाछन । ठगी मुद्धामा सजाय पाएका गुप्ता लाइ प्रहरीले शुक्रबार राती पका्रउ गरेको हो । अभद्र ब्यबहार मुद्धामा प्रहरी हिरासतमा रहेका एक ब्यक्ति लाई रिहा गराई दिने भन्दै गुप्ताले पिडीत परिवार बाट १० हजार लिएपछी प्रहरी ले उनी बिरुद्ध ठगी मुद्धा चलाएको थियो । जिल्ला अदालत उदयपुर ले गुप्ता लाई दोषि ठहर गर्दै २०७६ फागुन २९ गते ११ महिना १२ दिन कैद फैसला गरेको थियो । त्रियुगा नगरपाल्ीका १२ घर भएका गुप्ता लाइ फैसला कार्यन्वयनको लागी आईतबार अदालत पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी डिएसपि बेद प्रसाद गौतमले बताए । गुप्ता बिभिन्न मुद्धामा बिचौलिया को भुमीकामा सक्रिय रहेको खुल्न आएको प्रहरीले जनाएको छ । उनी एक युवा छुटाउने क्रममा ठगीमा मुछिए पछि प्रहरी ले पका्रउ गरी गुप्ता माथि ठगी मुद्धा चलाइएको डिएसपि गौतम ले बताए । अभद्र ब्यबहार सम्बन्धी मुद्धामा २०७६ मंसिर १९ गते पका्रउ परेका अन्चु शेर्पा लाई प्रहरी हिरासत बाट छुटाई दिने भन्दै गुप्ता ले शेर्पा परिवार संग १ लाख रुपैया माग गरेका थिए ।गुप्ताको सर्त बमोजिम शेर्पा परिवारले पेश्की बापत तत्काल १० हजार रुपैया उनलाई दिएका थियो ।् तर उनले हिरासत बाट छुटाउनु अगाबै जिल्ला प्रशासन कार्यालय ले शेर्पा बिरुद्ध मुद्धा चलाई उनलाइ ५० हजार धरौटीमा छोडेको थियो । गुप्ता ले सर्त कमोजिम काम नगरेको भन्दै शेर्पा परिवार ले पेश्की बापत दिएको रकम फिर्ता मागेका थियो । तर गुप्ता ले उक्त पैसा सिडियो र एसपिलाई दिई सकेको बताउदै पैसा कुनै पनि हालतमा दिन नसक्ने भने पछि उनी बिरुद्ध प्रहरीमा उजुरी परेको थियो। प्रहरीले गुप्ता बिरुद्ध तत्कालै ठगी मुद्धा चलाएको एसपि भिम बहादुर दाहाल ले बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.