Websoft University

हरितारा चलचित्र पुरस्कार, श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार तथा परिवर्तन सम्मान

 

काठमाडौ पुस २२ गते । रातो तारा डट कम,– हरितारा चलचित्र पुरस्कार,नेपाली चलचित्रको क्षेत्रमा योगदान पु¥याएका एवं साधनारत स्रष्टाहरुलाई सम्मान गर्दै प्रोत्साहित गर्नका निमित्त समाजसेवी स्व. विजया राणा, (तारा रानी)ले रु. ३ लाखको अक्षयकोष खडा गरी स्थापना गरिएको पुरस्कार नै हरितारा चलचित्र पुरस्कार हो । अक्षयकोषको व्याजबाट प्राप्त हुने रकमबाट प्रदान गरिने यो पुरस्कार बर्षेनी चलचित्र क्षेत्रका २ श्रष्टाहरुलाई प्रदान गरिने गरिन्छ । संरक्षक श्री मनोज सम्सेर जबराबाट २०६७ सालमा रु. ३,००,०००।– थप गरि हाल ६ लाखको अक्षयकोषबाट आउने व्याजबाट पुरस्कार अर्पण गरिँदै आएको छ ।

२०५२ सालमा निजी क्षेत्रबाट चलचित्र सम्बन्धी पहिलो पुरस्कारको रुपमा स्थापित हरितारा चलचित्र पुरस्कार जनहि रु. २५,०००।– (अक्षरुपि रु. पच्चिस हजार) नगद थैली तथा लिखतपत्र सहित अर्पण गरिँदै आएको छ । स्थापनाकालदेखि नै संरक्षक रहनु भएकी समाजसेवी श्रीमती विजया राणा, (तारा नानी)को २०५७ सालमा निधन भए पश्चात उहाँकै सुपुत्र मनोज सम्सेर जबरा हरितारा चलचित्र पुरस्कार गुठीको संरक्षक एवं अध्यक्ष रहनु भएको छ । यसको सदस्य सचिव परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष मोहन निरौला रहनु भएको छ ।

हरितारा चलचित्र पुरस्कारबाट २०५२ सालमा मह जोडी एवं स्व. शान्ति मास्के, २०५३ सालमा भुवन चन्द एवं गोपाल भुटानी, २०५४ सालमा जयनेन्द्र चन्द एवं रविन्द्र खड्का, २०५५ सालमा विश्व बस्नेत एवं मिनाक्षी आनन्द, २०५८ सालमा सुशिला रायमाझी एवं श्रीकृष्ण श्रेष्ठ, २०५९ सालमा सुभद्रा अधिकारी एवं शर्मिला मल्ल, २०६० सालमा सकुन्तला शर्मा, २०६३ सालमा शिव श्रेष्ठ एवं गोपालराज मैनाली, २०६५ सालमा बसुन्धरा भूषाल एवं हरिहर शर्मा, २०६६ सालमा रमेश बुढाथोकी, दिपकराज गिरी एवं दिपाश्री निरौला पुरस्कृत भइसकेका छन् । त्यस्तै २०६९ सालको हरितारा चलचित्र पुरस्कार चलचित्रका सक्रिय अभिनेता सुनिल थापा, सञ्चारकर्मी तथा चलचित्रकर्मी दिनेश डिसीलाई प्रदान गरिएको थियो । 

२०७२ सालको .हरितारा चलचित्र पुरस्कार अभिनेत्री करिष्मा मानन्धर एवं ०७३ सालको हरितारा चलचित्र पुरस्कार संचारकर्मी शान्तिप्रिय तथा डिजाइनर सुन्दर श्रेष्ठलाई अर्पण गरिएको थियो भने २०७४ को हरितारा चलचित्र पुरस्कार बरिष्ट अभिनेता लय संग्रौला एवं २०७५ को हरितारा चलचित्र पुरस्कार अभिनेत्री रेखा थापालाई अर्पण गरिएको थियो ।
यसैगरी २०७६ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट चलचित्रकर्मी कृष्ण मल्ल, विशिष्ट चलचित्रकर्मी मदनदास श्रेष्ठलाई र २०७७ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट गीतकार सहदेव ढुंगानालाई  अर्पण गरिँदै छ । नीजि क्षेत्रबाट स्थापित पहिलो पुरस्कारको रुपमा हरितारा चलचित्र पुरस्कार परिचित छ ।

– दुर्गादेवी–पूण्य निरौला स्मृति पुरस्कार
परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष मोहन निरौलाको पुजनीय माता एवं पिता स्व. दुर्गादेवी निरौला एवं स्व. पूण्य प्रसाद निरौलाको स्मृतिमा स्थापना गरिएको पुरस्कार हो – दुर्गादेवी पूण्य निरौला स्मृती पुरस्कार । साहित्य, संस्कृति एवं ज्ञानको क्षेत्रमा क्रियाशिल आफ्ना बुवा पुण्य प्र. निरौला र ममतामयी आमा दुर्गादेवी निरौलाको स्मृतिमा पुरस्कार स्थापना गरी सम्झिरहने प्रण गर्दै चलचित्रका लेखक, निर्देशक, कलाकार एवं परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष मोहन निरौलाले यो पुरस्कारको स्थापना गर्नु भएको हो । कला, साहित्य एवं संस्कृतिका क्षेत्रमा लागि परेका कलाकार, निर्माता, लेखक, पत्रकार, प्राविधिक एवं यस क्षेत्रसँग आवद्ध श्रष्ठा तथा सर्जकहरुलाई व्यक्तित्वहरुलाई पुरस्कृत गर्दै वहाँहरुलाई प्रोत्साहित गर्नका निमित्त पुरस्कारले  महत्वपूर्ण भूमिका खेल्ने विश्वास राखिएको छ । यहि पवित्र सोचाईले निरौलाले बाबु आमाको स्मृतिमा यस पुरस्कारको स्थापना गर्नु भएको हो ।

श्रीदुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार वर्ष २०७३ बाट स्थापना गरिएको हो । नगद १०,०००।– दशहजारको थैली एवं लिखत पत्र सहित यो पुरस्कार प्रदान गरिँदै आइएको छ  । २०७३ सालमा पुराना रंगकर्मी, टेलिचलचित्र तथा चलचित्रका निर्देशक कलाकार शुभाष गजुरेललाई यो पुरस्कार प्रदान गरिएको थियो भने यस बर्ष आयोजित समारोहमा २०७४ को श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार कलाकार उत्तम केसी तथा २०७५ को श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार संचारकर्मी बिजयरत्न तुलाधरलाई अर्पण गरिएको थियो । २०७६ र २०७७ सालको श्री दुर्गादेवी–पूण्य निरौला स्मृति पुरस्कार संचारकर्मी राजेश खनाल र वरिष्ट अभिनेत्री सपना श्रेष्ठलाई अर्पण गरिँदै छ ।
– परिवर्तन नेपाल
राष्ट्रिय, राष्ट्रियताका विषय एवं जनसरोकार र चासोका विषयमा सांस्कृतिक गतिविधिको माध्यमबाट स्वयंसेवी अभियान संचालन गर्दै देशको सेवा गर्ने एवं चेतना जागृत गराउने पवित्र उद्देश्य सहित २०५३ सालमा परिवर्तन नेपालको स्थापना भएको हो । कला र संस्कृतिको माध्यमबाट देशका जागृत युवाहरुलाई परिचालन गर्दै विभिन्न क्रियाकलापको संचालन परिवर्तन नेपालले गर्दै आइरहेको छ ।
परिर्वतन नेपालले सडक नाटक, चेतनामूलक टेलिश्रृंखला निर्माण एवं अन्य सामाजिक र चेतनामूलक अभियानहरु संचालन गर्दै आएको छ । परिवर्तन नेपालको अध्यक्षमा चलचित्र लेखक, निर्देशक एवं सामाजिक जागरणका सक्रिय व्यक्तित्व मोहन निरौला हुनुहुन्छ । यसैले पनि परिवर्तन नेपालले विभिन्न समयमा जनजागरणका कार्यक्रमहरु संचालन गर्ने गरेको छ ।  साथै देशभरमा शाखा समेत संचालन गरेर परिवर्तन नेपालले हजारौंको संख्यामा स्वयंसेवीहरु परिचालन समेत गर्दै आइरहेको छ ।

परिवर्तन नेपालले युवाहरुलाई बेला बखत निःशुल्क रुपमा प्रशिक्षण समेत प्रदान गर्ने गरेको छ भने सांस्कृतिक प्रशिक्षणका रुपमा नृत्य, अभिनय, निर्देशन जस्ता विधाको प्रशिक्षण परिवर्तन नेपालले दिने गर्दै आएको छ । यसैले पनि परिवर्तन नेपालका उत्पादनहरु राष्ट्रिय रुपमा सांस्कृतिक फाँटमा परिचित भइसकेका छन् । परिवर्तन नेपालले वेलाबखत विभिन्न कलाकर्मी एवं आफ्नै संस्थाका सदस्य कलाकारहरुलाई समेत प्रोत्साहन गर्न सम्मान गर्दै आएको छ । यसरी वरिष्ठदेखि नव प्रतिभा सम्मका कलाकर्मी सम्मानित भएका छन् । चेतन कार्की, स्व. शान्ति मास्के, आनन्द थापा, शंकर विसी, सपना श्रेष्ठ, गोविन्द सिंह रावत, कुमार बस्नेत, भुवन चन्द, डा. भगवान कोइराला, डा. तारानाथ शर्मा, लय संग्रौला, रमेश बुढाथोकी, रामनारायण श्रेष्ठ, मनोज केसी, विजयरत्न तुलाधर, विपना थापा, काली सेढांई, निशा शाह, छविराज ओझा, शान्तिप्रिय, जेनी कुँवर, विनोद श्रेष्ठ, सबिन बास्तोला,  श्यामकाजी महर्जन र सन्तोष श्रेष्ठ जस्ता व्यक्तिहरु सम्मानित भइसकेका छन् ।

‘‘माटो बदलिँदैन विचार बदलौं’’ भन्ने मूल अभिप्रायमा २१ औं शताब्दिको नयाँ नेपाल निर्माणार्थ देशका सम्पूर्ण सचेत र स्वभिमान युवाशक्ति एकजुट होऔं भन्दै सामाजिक एवं सांस्कृतिक क्षेत्रमा कृयाशील परिवर्तन नेपालले २०७५ सालमा कलाकार रामकाजी घिमिरे, नृत्य निर्देशक शिव बिक एवं अभिनेत्री तथा साहित्यकार शोबिता सिंखडालाई सम्मान अर्पण गरिएको थियो ।
२०७७ सालको परिवर्तन विशेष सम्मान लेखक, निर्देशक तथा कलाकार माधव राज खरेल, लेखक, निर्देशक तथा कलाकार विश्वदीप घिमिरे, संचारकर्मी तथा नेपाल पत्रकार महासंघ काठमाण्डौं जिल्ला सचिव मोहन पन्तलाई अर्पण गरिँदै छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.