Websoft University

चेतना संरक्षण प्रतिष्ठानद्वारा पुरस्कारको घोषणा

 


विराटनगर पुस २२ गते । रातो तारा डट कम, चेतना संरक्षण प्रतिष्ठान विराटनगरले हरेक वर्ष समर्पण गर्दै आएका विभिन्न आधा दर्जन पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानले साहित्य, कला, संस्कृति, पत्रकारिता, बाल प्रतिभालगायतका विधाका पुरस्कार घोषणा गरेको हो । 

समाजसेवी हरिभक्त सिटौलाद्वारा आफ्ना बुवा–आमाको नाममा स्थापित धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार यस वर्ष वरिष्ठ साहित्यकार दामोदर पुडासैनी (काठमाडौं)लाई समर्पण गरिने भएको छ । १ लाख १ हजार नगदसहित सम्मानपत्र रहेको छ । प्रतिष्ठानको हालै बसेको बालकिशन–नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म–संस्कृति चेतना पुरस्कारबाट प्रा.डा. विणा पौडेल (काठमाडौं)लाई पुरस्कृत गर्ने निर्णय गरेको छ । उक्त पुरस्कार समाजसेवी देवेनरा परिवारद्वारा आफ्ना मातापिताको नाममा स्थापना गरिएको हो । 

समाजसेवी दीनबन्धु गोयलद्वारा आफ्ना दाजुको नाममा स्थापित ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार समाजसेवी मदन राई (खोटाङ) लाई प्रदान गरिनेछ । यस्तै ‘नरेश सुवेदी पत्रकारिता चेतना पुरस्कार’ बनेपाका साहित्यिक पत्रकार मोहन दुवाललाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदीले जानकारी दिइन् । पत्रकारिता पुरस्कार समाजसेवी दिनेश सुवेदीले आफ्ना भाइको नाममा स्थापना गरेका हुन् । साहित्यकार गङ्गा सुवेदीद्वारा आफ्ना आमाबुवाको नाममा स्थापित भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार अग्रज कलाकार माया पौडेल (विराटनगर)लाई प्रदान गरिनेछ भने साहित्यकार केदार सत्याल र श्रीमती मञ्जु सत्यालद्वारा स्थापित ‘केदार–मञ्जु सत्याल बाल प्रतिभा चेतना पुरस्कार’ बाट पोखराकी बाल प्रतिभा प्रिन्सा रेग्मीलाई समर्पण गरिनेछ । पाँचवटै पुरस्कारको राशि जनही ५१ हजार रहेको छ । 

चेतना संरक्षण प्रतिष्ठान नेपाल स्थापना भएदेखि नै साहित्य, कला, समाजसेवा, मानवीय धर्म–संस्कृति, पत्रकारितालगायतका क्षेत्रमा समर्पित रहँदै आएको छ । २०६१ साल साउन ११ गते स्थापित संस्थाले हालसम्म पाँच दर्जनभन्दा बढी व्यक्तिलाई पुरस्कृत र सम्मानित गरिसकेको छ । काठमाडौं उपत्यकाभन्दा बाहिर एउटै संस्थाले साढे ३ लाख रुपैयाँ राशिको पुरस्कारस्वरुप वितरण गर्ने चेतना प्रतिष्ठान पहिलो भएको अध्यक्ष सुवेदीको दाबी छ । घोषित पुरस्कार आगामी माघ २४ गते शनिबार विराटनगरमा विशेष समारोहका बीच समर्पण गरिने प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.