Websoft University

अबैध लागु औषध गाँजा सहित मानिश पक्राउ


सुनसरी इटहरी पुस १७ गते । रातो तारा डट कम,इलाका प्रहरी कार्यालयबाट खटिएको  एम्बुस  टोलिले मिति २०७७।०९।१७ गते बिहानको राती अं। ००.३० बजेको समयमा जिल्ला सुनसरी ईटहरी उ।म।न।पा।वडा नं।४ बुढीखोला नजिकमा गस्ती गर्दै जाने क्रममा पश्चिमबाट पुर्व तर्फ को।१४प।९२०२ नं। को मोटरसाईकलमा २ जना मानिस आई रहेको अवस्थामा एम्बुस  टोलिलाई प्रहरीलाई देख्ना साथ उक्त मोटरसाईकल रोकी पछाडी सवार रहेका ब्याक्ती भागी फरार रहेकोले मोटरसाईकल चालक र मोटरसाईकल नियन्त्रणमा लिई चालकलाई सोधपुछ गर्दा आफ्नो नामथर जिल्ला मोरङ केरावारी नगरपालिका वडा नं। ५ बस्ने बर्ष २४ को मान बहादुर लिम्बु भनी बताएको र उक्त मोटरसाईकलको पछाडी झुन्याउने कालो झोला समेत रहेकोले निजलाई चेकजाँच गर्ने क्रममा उक्त झोला भित्र बोरामा अबैध लागु औषध गाँजा २ दुई के।जी,७०० ग्राम फेला परेकोले उल्लेखित गाँजा मोटरसाईकल सहित निज मान बहादुर लिम्बुलाई पक्राउ गरी लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट म्याद थप भई आवश्यक अनुसन्धान भईरहेकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.