Websoft University

प्रदेश १ मा १४४ डिस्चार्ज, ३७ संक्रमित थपिए

 


विराटनगर, १७ पुस । रातो तारा डट कम, पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४४ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १४२ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ४३० पुगेको छ ।

प्रदेश १ मा आज ३७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १८, मोरंगमा ९, सुनसरीमा ६, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

झापाको दमकमा १०, मेचीनगर र कनकाईमा २–२, विर्तामोड, भद्रपुर, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१ जना, मोरंगको विराटनगरमा ८, धनपालथानमा १, सुनसरीको इनरुवामा ३, इटहरीमा २, भोक्राहानरसिंहमा १, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको  मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ८१२ पुगेको छ ।

प्रदेश १ मा आज ३०९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३ महिला र २४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ८ हजार ९११ ज्नाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.