Websoft University

माघी पर्वका बारेमा १ नम्बर प्रदेश प्रमुखले दिनु भयो- शुभकामना

 


बिराटनगर माघ १ गते । रातो तारा डट कम,नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले भरिएको सुन्दर देश हो । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा पहिचान हुन् । माघी पर्व पनि हाम्रो एक पहिचान युक्त नेपालीहरूको साझा पर्व हो । थारू समुदायको चाड माघी पर्व र मगर, छन्त्याल समुदाय लगायत अन्य समुदायहरूले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सद्भाव, सहिष्णुता, सु—स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

थारू, मगर तथा छन्त्याल समुदायले माघी पर्वलाई विशेषरूपमा मनाउने र थारू समुदायले नयाँ वर्षकै रूपमा यो पर्व मनाउने गरेको पाइन्छ । शदियौँदेखि एकताबद्ध हुँदै अन्य समुदाय पनि यस पर्वमा सरिक भइ आपसमा सदभाव साटासाट गर्ने हाम्रो समाजमा यस पर्वले एकताको सन्देश दिएको छ । आफ्नो संस्कृति र परम्पराअनुसार यस पर्वको अवसर पारेर समुदायका तँपाईहरू सबै एकापसमा भेटघाट गर्ने र आपसमा सामिप्यता गाँस्ने कुरामा सधैँ सफल भइ रहनुहुने कुरामा म आशावादी छु ।

यस पर्वले सम्पूर्ण नेपालीहरू बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुताको बृद्धि विकास हुँदै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा थप उर्जा प्रदान होस भन्ने कामना गर्दै सबै नेपालीलाई मूलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निमित्त एकताबद्ध भएर अघि बढ्न माघी पर्व तथा माघे संक्रान्तिबाट सबैमा प्रेरणा मिलोस् भनी पुनः सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.