Websoft University

भारतिय जालझेलका बिचमा,आज नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक भारतमै बस्तै


काठमाण्डौ माघ १ गते । रातो तारा डट कम,नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक आज बस्दैछ । बैठकमा सहभागि हुनका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज भारतको राजनधानी दिल्ली जाँदै हुनुहुन्छ । तीनदिने भ्रमणका क्रममा उहाँले उच्चपदस्थ भारतीय अधिकारीहरूसँग छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार संयुक्त आयोगको बैठकमा सीमा, व्यापार, पारवहनलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, कोभिडविरुद्धको खोपमा नेपाल–भारत सहकार्यको मोडालिटीबारे पनि छलफल हुने बताइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि नेपालबाट भारत भ्रमणमाजान लाग्नुभएका ज्ञवाली सबैभन्दा उच्चपदस्थअधिकारी हुनुहुन्छ  । 

भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी ओलीका तर्फबाट भारतीय समकक्षी नरेन्द्र मोदीलाई सन्देश सुनाउने योजना पनि छ । गत वर्षको सुरुमा भारतले र पछि नेपालले जारी गरेका नयाँ नक्साबारे दुई देशबीचको विवादबीच संयुक्त आयोगको बैठक बस्न लागेको हो । बैठकमा सुस्ता र कालापानीको सीमा विवाद एवं नक्सा प्रकरणबारे पनि छलफल हुनेछ । परराष्ट्रमन्त्री ज्ञवाली बैठकमा सहभागि भएर शनिवार स्वदेश फर्कनुहुनेछ ।



   



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.