Websoft University

चीसो वढेसँगै इटहरी उपमहानगरले सर्वसाधारणलाइ आगो वालेर ताप्नका लागि दाउरा वितरण सुरु गर्यो


सुनसरी इटहरी पुस २९ गते । रातो तारा डट कम, वाक्लो हुस्सु लागेर चीसो वढेसँगै इटहरी उपमहानगरले आगो वालेर ताप्नका लागि दाउरा वितरण सुरु गरेको छ । आज इटहरीका विपन्न वस्तिहरुमा दाउरा वितरण गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो । विपन्न वस्तिहरुका साथै इटहरी चौक आसपास मान्छेहरु धेरै भेला हुने ठाँउमा दाउरा वितरण गरिएको हो । विपन्न मुसहर वस्तिहरुमा भोली देखि कम्वल वितरण गरिने उहाँले वताउनुभयो । वाक्लो हुस्सु लागे पछि चीसोले जनजीवन प्रभावित भएको छ । वजारमा चहल पहल कम देखिन्छ । जेष्ठ नागरिक वालवालिका र श्रमिक वर्ग वढि प्रभावित भएका छन । हुस्सु र शितका कारण चिसो अझै बढ्ने भएकाले सकभर घरभित्रै बस्न, बाक्लो कपडा लगाउन, मनतातो पानी पिउन र प्रोटिनयुक्त खानेकुरा बढी खान डाक्टरले सल्लाह दिएका छन ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.