Websoft University

जिल्ला अदालत उदयपुरले एक पुरुष लाइ सात बर्ष जेल सजाय सुनायो


गाइघाट २३ पौष । रातो तारा डट कम,२५ वर्षिया बिबाहित महिला लाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले एक पुरुष लाइ सात बर्ष जेल सजाय तोकेको छ । जिल्ला न्यायधिश माधब प्रसाद सुबेदीको एकल इजालसले बिहीबार कसुर ठहर गर्दै चौदण्डीगढी नगरपालीका १० का ४० बर्षिय पुरुषोत्तम कार्की लाइ कैद फैसला सुनाएको हो । साथै पिडीत महिला लाइ तत्काल क्षतिपुर्ती बापत २५ हजार रुपैया उपलब्ध गराउन आदेस गरेको छ । सरकारले स्थापना गरेको पिडीत राहत कोष मा १ हजार ३ सय रुपैया जम्मा गर्न समेत कसुरदार लाइ आदेस गरेको अदालतका सुचना अधिकारी राज कुमार आचार्यले बताए । ०७६ माघ ८ गते घरमा कोही नभएको मौका पारी पिडीत महिला लाइ कार्कीले बलात्कार गरेका थिए । घटनाको भोली पल्ट उनले कार्की बिरुद्ध प्रहरीमा आफुलाइ बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन । पका्रउ परेका कसुरदार लाइ अदालतले फागुन ६ गते पुर्पक्षको लागी थुनामा राख्ने आदेस दिएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.