Websoft University

साढे तीन बर्षमा १८०० विवादहरु किनारा।


मोरङ बेलबारी  पुस २३ गते । रातो तारा डट कम,बेलबारी नगरपालिकामा बिहिवार बेलबारी र दुहबी नगरपालिकावीच अन्तरर्क्रिया  कार्यक्रम सम्पन्न भएको छ।बेलबारी नगरपालिकाले हालसम्म न्यायिक क्षेत्रमा गरेका असल र सफल अभ्यासको सिकाई र अभ्यास आदानप्रदान गर्ने उद्देश्यले दुहबी नगरपालिकाको र बेलबारीको टीमसहित उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बेलबारी गरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदीले नगरपालिकाले गरेका गतिविधिहरु प्रष्ट पार्दै जनप्रतिनिधिहरु विधि पद्धति अनुरुप इमानदार भएर समृद्धिको लागि लागिरहनुपर्ने बताए।बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले साढे तीन बर्षको अवधिमा आम विकास निर्माणका कामसँगै नगरपालिकाको न्यायिक समितिले १८००  मुद्दाहरु किनारा लगाईसकेको बताइन्।पीडितलाई न्याय दिने कुरा सामान्य जस्तो लागेपनि यो अत्यन्तै चुनौतीपूर्ण विषय भएकाले पर्याप्त समय,इमानदारिता,संयम,कानुनी एवम्  व्यवहारिक ज्ञान र मिहिनेतले मात्र सफलता प्राप्त हुने बताइन्।

दुहबी नगरपालिकाकी उपमेयर सुनिता दाहाल शाहले स्थानीय सरकार संचालनका क्रममा आफूहरुले गरेका असल अभ्यासहरु प्रदान गरेकोमा बेलबारी नगरपालिकाका मेयर  ज्ञानेन्द्र सुवेदी र उपमेयर ढाकाकुमारी पराजुलीलाई धन्यवाद व्यक्त गरिन्।

कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर उपमेयर दुहबी र बेलबारी नगरपालिकाका जनप्रतिनिधि,न्यायिक समिती सदस्यहरु कर्मचारीहरुको उपस्तिथि थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.