Websoft University


काठमाडौं मंसिर २८ गते । रातो तारा डट कम, गायक रोजल शाहीको स्वरमा रेकर्ड भएको ‘प्रेमको गहिराई…’ शीर्षकको गीतको म्युजिक भिडियो शनिवार प्रिमियर गरिएको छ ।


काठमाडौंमा आयोजित एक समारोहमा उक्त गीतको भिडियो प्रिमियर गरिएको हो ।

उक्त गीतमा अनिल शाहीको शब्द तथा संगीत सुन्न सकिन्छ ।

प्रिमियर कार्यक्रममा उपस्थित संगीतकर्मीहरुले गायक रोजल शाहीको स्वरको प्रशंसा गर्नुका साथै गीत र भिडियोको सफलताको कामना गरेका थिए ।

उक्त गीतको मिक्सिङ तथा मास्टरिङ ब्लुबेरी स्टुडियोमा गरिएको हो ।

गीतको म्युजिक भिडियोमा पनि गायक रोजल शाहीले नै अभिनय गरेका छन् ।

भिडियोमा गायक शाहीलाई अञ्जु चौलागाईंले अभिनयमा साथ दिएकी छिन् ।

सोहन मानन्धरको छायांकन तथा सम्पादन रहेको उक्त भिडियोलाई अनिल शाहीले निर्देशन गरेका हुन् ।

हाइलाइट्स रेकर्डको यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.