Websoft University

ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्न नहुने- पूर्व मन्त्री बास्कोटा


विराटनगर  मंसिर २८ गते । रातो तारा डट कम, नेकपा केन्द्रीय सदस्य तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पार्टीभित्र विवाद भयो भन्दैमा प्रधान्मन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्न नहुने बताएका छन् ।

विराटनगरमा आज संचारकर्मीहरूसँग कुरा गर्दै नेता बास्कोटाले यस्तो बताएका हुन् । उनले विधि, प्रकृया भनेकै नेतृत्व महाधिवेशनबाट परिवर्तन हुने र प्रधानमन्त्री आम निर्वाचनबाट परिवर्तन हुने बताए । ‘उहिल्यै सिपि मैनालीलाई पाँचसात जना मिलेर फालेजस्तो अहिले सकिदैन, त्यसरी फाल्न थाल्ने हो भने नातिलाई डोको जिम्मा लगाए जस्तो हुन्छ नातिले पनि फाल्छ,’ उनले भने, ‘ उहाँहरु पाँच जनालाई जे लाग्यो त्यही गर्ने अवस्था हुँदैन ।’

नेताबास्कोटाले अहिलेको पार्टीको विवाद छलफल र सम्वादबाट समाधान गर्न सकिने बताउँदै निर्वाचित प्रधानमन्त्रीको कार्यकाल पुरा हुुनुपर्नेमा पार्टीका कार्यकता र आमजनताका चाहना रहेको बताए । नेता बाँस्कोटाले पार्टीको स्थायी कमिटीमा प्रधानमनत्री विरुद्ध पेश गरिएको राजनीतिक प्रस्ताव नभएर एउटा कण्ठा र आरोपपत्र रहेको प्रष्ट पारे ।

नेता बास्कोटाले प्रधानमन्त्री फेर्ने हो भनेपनि संसदीय दल फेस गर्नुपर्ने उनको भनाई थियो । ‘बहुमत सदस्यले आफ्नो बिचार राख्न सक्दछन् । प्रधानमन्त्रीको पदबाट हटाउन पार्टीको निर्णयले मात्र सम्भव छैन,’ उनले भने, ‘संवैधानिक विधि भनेको संसदीय प्रक्रिया हो । संसदीय प्रक्रियाबाट मात्र त्यो सम्भव छ । अरू सबै छक्कापन्जा मात्र हुन् ।’

प्रधानमन्त्री केपी ओलीलाई विधि, प्रकृया र अचरणको सर्टिफिकेट दिने हैसियत नेताहरुसँग नरहेको पनि उनले बताए । गुटगत भेलाहरुलाई सम्वोधन गर्न पूर्व आएका बास्कोटाले केपी ओलीलाई नेपाली जनताले मात्र क्यारेक्टर सर्टिफिके दिने जिकिर गरे । पार्टीभित्र अहिले बहुमत र अल्पमतका आधारमा छलफल र निर्णय गर्ने पद्धत्ति बसाउन खोजिएकोप्रति उनले विरोध जनाए । बहुमत र अल्पमतले पार्टीलाई दुर्घटनामा पुर्याउने दावी गर्दै त्यसतर्फ जाने हो भने आउने चुनौति पार्टीहरुले व्यहोर्न तयार हुनुपर्ने उनको भनाई थियो ।

नेता बास्कोटाले प्रधानमन्त्रीबाट स्थायी कमिटीमा पेश गरिएको पत्र जवाफ मात्र भएको भन्दै उनले पार्टीलाई फुटबाट रोक्न दोश्रो पुस्ताका नेताले त्यसमा हस्तक्षेप गरी साझा सहमती कायम गर्नुपर्नेमा जोड दिए । उनले राजनीतिको नाममा हिंसा र व्यक्ति हत्या स्विकार्य हुनसक्दैन भन्दै कम्यूनिष्टको नाममा व्यक्ति हत्या खेदजनक रहेकोमा भत्र्सना समेत गरे ।

राजाबादीको प्रदर्शनका सम्वन्धमा उनले लोकतन्तको विकल्प छैन भन्दै यसमा व्यवस्था फेर्न सकिदैन र जनता निरंकुशता र कुडा करकट तिर नचाहेको बताए । नेता बास्कोटाले पार्टीको जिम्मेवार पदमा वसेका नेताका सम्वन्धमा उठेका नैतिकताका विषयमा हुने छानवीनका लागि पद त्याग गर्नु उचित हुने आफ्नो निजि विचार रहेको बताए ।

संवैधानिक निकायको खाली रहेको पदमा हुने नियुक्ति लागि वोलाइएको परिषदको वैठकमा प्रमुख प्रतिपक्ष दल सहभागी हुनुपर्छ भन्दै उनले अन्यथा निकाय कमजोर हुनाले सरकारले ध्यान दिई अध्याधेश ल्याउन सक्ने धारणा राखे ।खबरपूर्वन्चलबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.