Websoft University

प्रेस विज्ञप्ति- एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६’ को मिति घोषणा

 

काठमाडौ मंसिर २८ गते । रातो तारा डट कम,नेपाली खेलकुद पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्ने खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६’ को मिति घोषणा तथा प्रायोजन सम्झौता कार्यक्रममा उपस्थित हुनुभएका सबै सञ्चारकर्मी र प्रायोजक संस्थाका पदाधिकारीलाई स्वागत गर्न चाहन्छु ।
पत्रकार मित्रहरू
फेरि हामी एक वर्षपछि तपाईहरूसामु उपस्थित भएका छौं । तर यसपालिको उपस्थिति भने अलि भिन्न छ । निर्धारित समयभन्दा हामी केही पछाडि यो कार्यक्रम आयोजना गर्ने संघारमा आइपुगेका छौं ।
कोरोना भाइरसको महामारीबाट विश्व आक्रान्त छ । त्यसबाट नेपाल पनि अछुतो छैन । झन्डै ९ महिनादेखि कोरोना कहरलाई भोग्दै आइरहेका छौं । यो अवस्थाबीच पनि हामीले यस स्पोर्टस अवार्डलाई निरन्तरता दिने आँट गरेका छौं ।
पत्रकार साथीहरु,
यो स्पोर्टस अवार्ड २०६० सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आएको स्मरण गराउन चाहन्छु । २०५२ सालमा स्थापित मञ्चले सुरुको एक वर्ष पनि अवार्ड कार्यक्रम आयोजना गरेको थियो ।
२०७२ सालमा आएको विनाशकारी भूकम्पका कारण हामीले एक वर्ष यस स्पोर्टस अवार्ड आयोजना गर्न सकेनौं । अन्यथा जस्तोसुकै परिस्थितिबीच पनि खेलकुद अवार्ड कार्यक्रम गर्दै आइरहेका छौं । अहिले हामी स्पोर्टस अवार्डको १७ आंै संस्करण आयोजनाको संघारमा छौं ।
पत्रकार साथीहरू
यस वर्षको १७ औं पल्सर स्पोर्टस अवार्ड पुस २८ गते आयोजना गरिनेछ । विगत वर्षहरुमा भन्दा यसपालि कार्यक्रम अलि फरक ढंगले गर्ने जमर्को गरेका छौं । कोरोना महामारीका कारण सरकारले लागू गरेको नागरिक स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर कार्यक्रम सेमी भर्चुअल माध्यमबाट गर्नुपर्ने भएको छ ।
गत वर्ष नेपालले १३ औं दक्षिण एसियाली खेलकुद भव्यतापूर्वक आयोजना ग¥यो । जहाँ नेपाली खेलाडीहरूले ऐतिहासिक सफलता पनि प्राप्त गरे । साग इतिहासकै सबैभन्दा धेरै पदक जित्न सफल भए । त्यसैले पनि २०७६ साल नेपाली खेलकुदका लागि स्वर्णिम कालजस्तै बन्यो ।
यस परिस्थितिमा खेलाडीलाई पुरस्कृत नगरिकन बस्न हामी सक्दैनौं । कोरोना महामारीको जोखिम यथावत रहेको अवस्थामा पनि सावधानी अपनाएर खेलाडीको मुख्य उपलब्धिलाई संस्थागत गर्ने प्रयास गरेका हौं ।
विभिन्न विधामार्फत खेलाडीहरूलाई वर्षभर प्रदर्शन गरेका आधारमा पुरस्कृत गर्नेछौं । उनीहरुलाई उत्कृष्ट प्रदर्शन दिलाउन योगदान दिने प्रशिक्षक पनि सम्मानित हुनेछन् । साथै नेपाली खेलकुदमा विशेष योगदान पु¥याउने खेलकर्मीलाई पनि स्पोर्ट्स अवार्डबाट सम्मानित गरिनेछ ।
विगत वर्षमा कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गर्दै आएको कार्यक्रम यसपालि सातदोबाटोस्थित कराते हलमा सेमी भर्चुअलको माध्यमबाट गर्ने छौं ।
सदाझै यस वर्ष पनि स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल रहेको छ ।
हंशराज हुलासचन्द एण्ड कम्पनीले स्पोर्टस अवार्ड कार्यक्रमका लागि मञ्चलाई २८,०००००।– अठ्ठाइस लाख रुपैयाँबराबर (नगद र जिन्सी) उपलब्ध गराउने जानकारी गराउँदछु । मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्दसँग मञ्चको सहकार्य दसौं वर्षमा प्रवेश गरेकामा संस्था, प्रबन्ध निर्देशक शेखर गोल्छाप्रति हामी आभार व्यक्त गर्न चाहन्छौं । यसै अवसरमा अवार्डलाई निरन्तर सहप्रायोजक र सहयोगीका रुपमा आबद्ध भइरहेका सबै संस्थाप्रति पनि धन्यवाद व्यक्त गर्न चाहन्छौं ।
पल्सर स्पोर्टस अवार्ड २०७६ मा १० विधामा अवार्ड प्रदान गरिने छ । यस वर्ष एक नयाँ विधा थप गरिएको छ । गत वर्ष थपिएको विधा इन्टरनेसनल एसियन स्पोर्टस जर्नालिस्ट अवार्डलाई यस वर्ष पनि निरन्तरता दिइने छ।
विगतका वर्षमा जस्तै यसपालि वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी ९ विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई सम्मानित गर्नेछौं ।
वर्ष खेलाडी महिला, पुरुष, युवा, प्रशिक्षक, पिपल्स च्वाइस र स्पेसल अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक गरिने छ । यसका लागि मञ्चको खेलाडी छनोट समितिले आवश्यक तयारी सुरु गरिसकेको छ । ती विधामा खेलाडीको मनोनयन चाँडै सार्वजनिक गरिनेछ ।
लाइफटाइम, पारा र टिम अफ दी इयरको अवार्ड विजेता भने कार्यक्रमकै दिन घोषणा गरिनेछ ।
विगतमा झै वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षकगरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने जानकारी गराउन चाहन्छौं ।
अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) को अध्यक्षतामा अवार्ड मूल आयोजक आयोजक समिति गठन गरिएको छ । मञ्चका सचिव गोविन्द रेग्मीको संंयोजकत्वमा खेलाडी छनोट समिति गठन गरिएको छ । अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छु ।
गत वर्ष वर्ष पुरुषतर्फ प्याराग्लाइडिङका युकेश गुरुङ, महिलातर्फ सावित्री भण्डारी, युवातर्फ एथलेटिक्सका अजितकुमार यादव र प्रशिक्षकतर्फ प्याराग्लाइडिङका योगेश भट्टराईले अवार्ड जितेका थिए । यसैगरी पिपल्स च्वाइसको अवार्ड भलिबलकी रेश्मा भण्डारीले जितेका थिए भने स्पेसल अवार्ड पनि फुटबलका रोहित चन्दले हात पारेका थिए । त्यस्तै पारा एथलिट अवार्ड दृष्टिविहीनकी मनकेसी चौधरी र लाइफटाइम एचिभमेन्ट अवार्ड एथलेटिक्सका हरिबहादुर रोकायलाई प्रदान गरिएको थियो । टिम अफ द इयरमा प्याराग्लाडिङलाई घोषित गरियो । एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड पाकिस्तानका अमजद अजिज मलिकलाई प्रदान गरिएको थियो ।
विगतमा जस्तै पल्सर स्पोर्ट्स अवार्डको प्रचार प्रसारमा यहाँहरूको महत्वपूर्ण सहयोग रहनेमा मञ्च परिवार विश्वस्त छ ।
सहयोगका लागि धन्यवाद

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.