Websoft University

प्रदेश १ मा ६७ संक्रमित थपिए, ५९ जना डिस्चार्ज

 


विराटनगर, २८ मंसिर । रातो तारा डट कम, प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३१, झापामा १८, सुनसरीमा ५, ते¥हथुम, ताप्लेजुङ र उदयपुरमा २–२, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १६, बेलबारीमा १२, सुन्दरहरैचामा २ र रतुवामाईमा १, झापाको विर्तामोडमा ६, दमकमा ४, गौरादहमा ३, शिवसताक्षीमा २, गौरीगञ्ज, मेचीनगर र कमलगाउँपालिकामा १–१, इटहरीमा २, इनरुवा, रामधुनी र बर्जुमा १–१, ते¥हथुमको लालीगुराँसमा २, ताप्लेजुङको फुङलिङमा २, उदयपुरको त्रियुगामा २, संखुवासभाको खाँदबारी र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ८७९ पुगेको छ । 

प्रदेश १ मा आज ५९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । प्रदेश १ मा आज ४६० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३७ महिला र ३० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ६ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.