Websoft University

प्रभावकारी बन्दै बालविकास केन्द्र

 


काठमाण्डौ मंसिर २२ गते । रातो तारा डट कम, नेपालको संविधानमा प्रारम्भिक बालविकास र सहभागीताको हकलाई मौलिक हकको रुपमा उल्लेख गरिएको छ । बालविकास केन्द्र बालबालिकाको सर्वाङ्गिीण विकास हुने थलो हो । नेपाल सरकारले प्रारम्भिक बालविकास कार्यक्रम वा पूर्व प्राथमिक शिक्षा मार्फत् आधारभूत र प्राथामिक शिक्षामा बालबालिकाहरुको सिकाई सुनिश्चित गर्न सञ्चालन गरेको बालविकास केन्द्र प्रभावकारी देखिएको छ । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ६ मा रहेको हिमालयन बाल विकास केन्द्रमा बालबालिकाहरु नाँच्दै गाउँदै सिकाईमा सहभागी बन्छन् । बालबालिकाको पहिलो शिक्षक अभिभावक हुन् । अभिभावकले घरमा काम गर्दै गर्दा कामसँगै आफ्ना छोराछोरीलाई सिकाईमा जोड्न सक्छन् । स्वाबलम्बनका सीपहरु जस्तै आफ्नो कपडा आफैं लगाउने, टाँक  लगाउने, जुत्ताको तुना बाँध्ने र ब्यागको चेन लगाउने आदि कुरा आफैंले सिकाउन सक्ने अभिभावक माया लामा बताउनुहुन्छ । बालबालिकाले लेखेर र पढेर भन्दा पनि स्थानीय शैक्षिक सामाग्रीको प्रयोगबाट सजिलै साक्षरता र गणितिय सीप सिक्न सक्छन् । आफ्नो घर वरपर पाईने ढुङ्गा, सिन्का र फलफूलको प्रयोगबाट गन्ती सिक्नुका साथै रङ, आकार र अक्षर चिन्न पनि बालबालिकालाई सजिलो हुन्छ । आफूले सिकाएर कक्षा एकमा गएका बालबालिका राम्रोसँग पढेको, लेखेको देख्दा खुशी लागेको बाल विकास सहजकर्ता रजनी तामाङले बताउनुभयो । बाल कक्षामा सिकेर कक्षा एकमा गएका बालबालिकामा सिक्ने र सम्झने क्षमता पनि राम्रो देखिएको सरस्वती बालविकास केन्द्रका प्रधानाध्यापक हरि रायमाझीको भनाइ छ । काभ्रेको रोशी गाउँपालिकाले पालिका भित्र ६९ वटा बाल विकास केन्द्रमा प्रारम्भिक साक्षरता र गणित कार्यक्रम सञ्चालन गरि सहजकर्तालाई तालिम समेत दिंदै आईरहेको छ । सहजकर्तालाई थप उर्जा मिलोस्, भनेर पालिकाले प्रोत्साहन स्वरुप मासिक एक हजार रुपयाँ दिदैं आएको रोशी गाउँपालिकाका शिक्षा शाखा प्रमुख राम लामाले जानकारी दिनुभयो


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.