Websoft University

सगरमाथाको उचाइ २३ गते घोषणा गर्ने भने पछि, नेपाली जनतानले नापी बिभागको काम प्रति संखाँ गरेका छन ।


काठमाण्डौ मंसिर २२ गते । रातो तारा डट कम,सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा मंसिर २३ गते गर्ने भएको छ । नापी विभागको कार्यालय मीनभवनमा सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । विभागका उपमहानिर्देशक सुशील नरसिंह राजभण्डारीले मंसिर २३ गते दिउँसो साढे १ बजे आयोजना हुने उक्त कार्यक्रमका लागि पत्राचारसमेत गर्नुभएको छ । 

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण हिमाली भेगको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । तर नापी बिभागको तथ्यांक नै भ्रमपुर्ण रहेको केहि जानकारहरुले बताएका छन । नेपाल सरकारले केहि वर्ष पहिला भारतिय सेनालाई सुजबुज बेगरै सगरमाथा चड्ने अनुमति दिदा सो टोलीले बरफ पगल्ने केमिलक प्रयोग गरेर फर्के पछि लगतै टोली भारत पुगे देखिनै नेपालको सगरमाथाको उच्चाइ नापी गर्नु पर्ने भन्दै थावाबोलेका थिए, तर त्यस बेला नापी बिभाग त बोलेनन् ? नापी बिभागकै गलत रबैयाका कारण नेपालको नक्साको स्टेप नक्सा खिच्दा भारतलाई फाइदा पुग्ने गरी नेपाली भुमी भारततिर पारेर जंगे पीलर भन्दा ३ , ४ किलोमिटर नेपालतिर पारेर नक्सा भएर तराइका हजारौं हजार जमिन भारत तिर पार्ने काम समेत यही नापी बिभागले गरेको हुँदा यसले गरेका काममा आज भोली नेपाली जनताले संखाँले हेर्ने गरेकाछन ? 

अहिले फेरी सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमानका आधारमा नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो भने पछि जनताले पुरै संखाँको नजरले नापी बिभागलाई हेरेका छन । जे होस् यसमा नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए । यसअघि विभिन्न देशहरुले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाइ कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८८४८ कायम रही आएकोमा थोरै फेरबदल आएको बताइएको छ । सगरमाथाको उचाइ मापन कार्य आर्थिक वर्ष ०७५÷०७६ मा शुरु भएको थियो । यसै वर्ष उचाइ मापन कार्य सम्पन्न भएपछि अब चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणको बेला पारेर मंसिर १० गते बुधबार बसेको मन्त्रिपरिषद बैठकले उचाइ सार्वजनिक गर्न स्वीकृति प्रदान गरेको थियो ।









Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.