Websoft University

अस्पतालजन्य फोहोरलाई व्यवस्थित गरिने

 

विराटनगर, २४ मंसिर । रातो तारा डट कम, प्रदेश १ सरकारले अस्पतालजन्य फोहोरलाई व्यवस्थित गर्ने भएको छ । अस्पतालबाट निस्किएका फोहोरको व्यवस्थापन अव्यवस्थित हुँदा संक्रमण फैलिने गरेको विभिन्न अनुसन्धानबाट देखिएकाले यसलाई व्यवस्थित गरिने भएको हो । 

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले १४ जिल्लाकै सरकारी अस्पतालबाट निस्किने फोहोरको व्यवस्थापनका लागि सरकारले काम शुरु गरिसकेको बताउनुभयो । मन्त्रालयमा आज आयोजित अस्पतालको फोहोर व्यवस्थापन संवन्धि  कार्यक्रममा उहाँले निजि अस्पतालको फोहोर व्यवस्थापन चुनौतिपूर्ण रहेको बताउनुभयो । उहाँले निजी अस्पतालको फोहोर व्यवस्थापनका लागि पनि अस्पताल सञ्चालकहरुसँग मन्त्रालयले छलफल अघि बढाएको बताउनुभयो । विराटनगरमा निजी स्तरबाट सञ्चालित साना अस्पतालको फोहोर व्यवस्थापनका लागि त्रिपक्षीय साँझेदारी मोडलबाट काम गर्ने तयारी गरिएको मन्त्री घिमिरेको भनाई छ । उहाँले भन्नुभयो,‘ प्रदेश सरकार, महानगरपालिका र निजी अस्पतालवीच साँझेदारी हुने छ ।’ विराटनगर बाहिरका निजी अस्पतालहरुको फोहोर व्यवस्थापनबारे पनि छलफल भईरहेको मन्त्री घिमिरेको भनाई छ । फोहोर व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा रहेको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले अस्पतालमात्र नभएर हरेक फोहोरको सफाईमा प्रदेश सरकार लागि परेको बताउनुभयो । 

सरकारी अस्पतालको फोहोर व्यवस्थापनका लागि बजेट समेत विनियोजन  भईसकेको प्रदेश जनस्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक डा. सुरेश मेहताले बताउनुभयो । उहाँले चालु आर्थिक बर्षबाट सरकारी अस्पतालहरुमा फोहोर व्यवस्थापनको काम व्यवस्थित हुँदै जाने बताउनुभयो । 

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दासले कोशी अस्पतालमा व्यवस्थित फोहोर व्यवस्थानको काम शुरु भएको बताउनुभयो । उहाँले फोहोर जलाउने नभई कमाउने माध्यमका रुपमा लिनुपर्ने बताउनुभयो । कार्यक्रममा अस्पतालजन्य फोहोर व्यवस्थापनको क्षेत्रमा कार्यरत संस्था हिकाफ ३६० ले इनरुवा अस्पताल र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको फोहोर व्यवस्थापन संवन्धिको अध्यययन प्रतिवेदन  प्रस्तुत गरेको थियो । हिकाफका कार्यकारी निर्देशक महेश नकर्मीले इनरुवा अस्पतालको फोहोर व्यवस्थापन व्यवस्थित नभएको बताउनुभयो । कोशी कोभिड अस्पतालले फोहोर व्यवस्थापनको काम व्यवस्थित गरेको पाईएको बताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.