Websoft University

भूमिकाभित्रका मार्सेली’ पुस्तक सार्वजनिक

 

विराटनगर  मंसिर २४ गते । रातो तारा डट कम,  उपभोक्तावादी अभियन्ताको छवि बनाएका कृष्णप्रसाद भण्डारी मार्सेली केन्द्रित पुस्तक ‘भूमिकाभित्रका मार्सेली’को विमोचन गरिएको छ । 

बुधबार नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा भर्चुअलमार्फत वरिष्ठ आख्यानकार परशु प्रधानले पुस्तकको विमोचन गरे । भण्डारी विगत चार दशकभन्दा लामो समयदेखि उपभोक्ताका हकहितका लागि सक्रियताका साथ लागिरहेका छन् । उनी समसामयिक विषयमा लेख रचनासमेत लेख्छन् । विमोचन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रधानले पुस्तकले मार्सेलीको जन्मथलो, मार्सेलीका पुर्खा र मार्सेलीको सामाजिक भूमिकालाई उजागर गरेको बताए । “यो पुस्तक पढिसकेपछि मार्सेलीको योगदान र पृष्ठभूमि छर्लंग हुन्छ,” प्रधानले भने ।

त्यस्तै नेपाल सरकारका पूर्वमुख्यसचिव विमलप्रसाद कोइरालाले पदीय प्रतिष्ठा अस्थायी हुने बताउँदै मार्सेलीका कर्महरू स्थायी हुने उल्लेख गरे । यस्तै वरिष्ठ समालोचक दधिराज सुवेदीले मार्सेलीका विभिन्न भूमिकाका बारेमा प्रकाश पारे भने प्राज्ञ विवश पोखरेल र प्रतिमा निरौलाले समेत शुभकामना व्यक्त गरे । उनीहरूले पुस्तक भावीपुस्ताका लागि पठनीय र संग्रहणीय रहेको बताए । साहित्यकार जयदेव भट्टराईले सम्पादन गरेको पुस्तकमा विभिन्न क्षेत्रका २२ जना व्यक्तिले मार्सेलीको व्यक्तित्व र कृतित्वका विषयमा केन्द्रित रहेर आफ्ना विचार लेखेका छन् । कार्यक्रममा नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोक, अध्यक्ष विधान आचार्य, उपाध्यक्ष गोविन्दमानसिंह कार्की, सचिव तर्कना शर्मा, पूर्वसचिव हरि दाहाललगायतले पुस्तकका विषयमा आफ्ना विचार राखेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभू घिमिरेले शुभकामना मन्तव्य दिएका छन् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.