Websoft University

भौतिक संरचना, प्रयोगकर्ता मैत्री बनाऔं’

 

विराटनगर, २४ मंसिर । रातो तारा डट कम,भौतिक संरचना निर्माणगर्दा प्रयोगकर्ता मैत्री बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । प्रयोगकर्तामैत्री हुँदा सवैका लागि हुने उनीहरुको भनाई छ । भौतिक पूर्वाधारहरु अपाङ्गतामैत्री भन्दा पनि प्रयोगकर्ता मैत्री हुन आवस्यक रहेकोमा उनीहरुको जोड छ । 

सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय र राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले आज सामाजिक विकास मन्त्रालयमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिहरुको पुर्नस्थापना र विद्यमान संरचनाको विषयमा सरोकारवालासँगको अन्र्तक्रिया कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारले निर्माण गरिरहेका संरचनाहरु प्रयोगकर्तामैत्री हुने बताउनुभयो । निर्माण भईरहेका र निर्माण हुने संरचना प्रयोगकर्तामैत्री हुने उहाँले बताउनुभयो । मन्त्री घिमिरेले सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा सम्म पुग्नका लागि पुरानो संरचनालाई सुधार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ अपाङ्गता भएका व्यक्तिहरुका लागि स्थापना गरिएको सूचना केन्द्र मन्त्रालयको आँगनमा नै निर्माण गरिएको छ ।’  

कार्यक्रममा नेदरल्याण्ड लेप्रोसी रिलिफ (एनएलआर) का माधवराज भट्टले पूर्वाधार अपाङ्गमैत्री भन्दा पनि प्रयोगकर्ता मैत्रीहुनु पर्नेमा जोड दिनुभयो । अपाङ्गमैत्री भन्दा पनि प्रयोगकर्तामैत्री भएसवैका लागि हुने उहाँको भनाई छ ।  

राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ का कार्यक्रम अधिकृत विमल वस्नेतले प्रदेश सरकारले निर्माण गर्ने संरचनाहरु प्रयोगकर्तामैत्री हुनुपर्ने  बताउनुभयो । प्रदेश सरकारका मन्त्रालयहरु प्रयोगकर्ता मैत्री नभएको उहाँको भनाई छ । प्रदेशका मन्त्रालय अहिले पुरानै संरचनामा भएपनि  सामान्य रुपमा पनि प्रयोगकर्ता मैत्री बनाउन ध्यान नगएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,‘ प्रदेश सरकारले तीन पटक बजेट ल्याईसक्यो, तर भएका संरचनाहरुको सामान्य मर्मतमा पनि ध्यान गएको देखिएन ।’ 

सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले अपाङ्गमैत्री पूर्वाधार निर्माणका लागि नेपाल सरकारले २०६९ मै निर्देशिका जारी गरेपनि अझैपनि पूर्णरुपमा कार्यन्वयन हुन नसकेको बताउनुभयो । 

कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, विराटनगर महानगरपालिका, वुढीगंगा, कटहरी र ग्रामथान र विभिन्न अपाङ्गताको क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुको  सहभागिता रहेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.