Websoft University

बिराटनगरमा नेपाली काँग्रेसको विरोध पर्दशन


बिराटनगर मंसिर २९ गते । रातो तारा डट कम, नेपाली काँग्रेस मोरङले प्रदेश १ को राधजानी विराटनगरमा आज सरकारविरुद्ध प्रदर्शन गरेको छ ।


सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले विरोध पर्दशन गरेको हो ।

मोरङको १७ वटा स्थानिय तहहरूबाट सहभागित भएका कार्यकताहरूले विराटनगरस्थित वीरेन्द्र सभा गृहमा भेला भएर विरोध ¥यालीसहित जनआन्दोलन चौकमा आएर कोण सभामा परिमाणत भयो ।

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले दुई तिहाइको सरकार भ्रष्टचार र अनियमिततामा लागेको आरोप लगाए । पार्टीका नेता रामचन्द्र पौडेललाई धरपकड गरेको बाहनामा आफूहरु सडकमा आएको उनले बताए । ‘सरकारले जनता र लोकतन्त्र विरोधी गतिवधि अगाडि बढायो, भ्रष्टाचार, अनियमितता पनि बढायो, हामीले ३ वर्षसम्म हेरेर बस्यौं,’ विरोध सभालाई सम्बोधन गर्दै कोइरालाले भने, ‘अनि बाध्य भएर पौडेलजी माथि जस्तो हस्तक्षेप भयो त्यसलाई बाहना बनाएर ७७ वटै जिल्लामा हामीले विरोध जनाउन सडकमा आएका हौं ।’ आउँदो निर्वाचनमा एक बनाएर अगाडि बढाउने आफ्नो दायित्व भएको भन्दै कांग्रेस एक भएको खण्डमा कोही मिल्दैमा कांग्रेसलाई हराउन नसक्ने उनलेबताए ।राष्ट्रिय सभा सदस्य रमेशजङ्ग रायमाझीले सरकार भ्रष्टचारको सबैभन्दा उचाइमा पुगेको अरोप लागाए । उनले भने, ‘अहिले सरगरमाथाको उचाइ जसरी बढेको छ, त्यसरी नै सरकारको भ्रष्टचार बढेको छ ।’ अहिलेको सरकारले गरिब, किसान कसैको पनि सम्मान गर्न नसकेको जिकिर गरे । वर्तमान सरकारबाट जनताको विश्वास हटिसकेको धारणा रायमाझीको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य सत्यनारायण भगत, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, तरुण दल विराटनगर अध्यक्ष सन्तोष न्यौपानेलगायतले धारणा राखेका थिए । नेपाली काङ्ग्रेस मोरङ सभापति डिकबहादुर लिम्बूले कार्यक्रमको सभापतित्व गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.