Websoft University

पाठ्यक्रम तयार गर्न लोहोरुङ भाषा अभिलेखिकरण

 


मोहन कुमार राई÷मंसिर २९ गते । रातो तारा डट कम, संखुवासभा, खाद्यावारी ४ गैरी पाङमामा लोहरुङ भाषा पाठ्यक्रम तयार गर्न अभिलेखिकरण सम्बन्धी एक कार्यक्रम सम्पनन भएको छ । 

शनिवार लोपउन्मुख जातिहरुमा रहेको लोहरुङ जातिको भाषा संरक्षणको लागि नेपाल सरकार भाषा आयोगले लोहरुङ भाषा अभिलेखीकरण सम्बन्धी कार्यक्रमको आयोजना गरेको हो । नेपाल सरकारले देशभर वोलीने १ सय २३ भाषाहरु मध्ये लोपउन्मुख जातिमा रहेको लोहरुङ भाषाको संरक्षण र सम्बर्धनका लागि स्थलगत रुपमा संखुवसभा आयपुगेको भाषा आयोगका उपसचिव गेहनाथ गौतमले बताउनुभयो । गौतमले लोहरुङ जातीको वर्णविन्यास लगायतको काम अघिल्लो वर्ष नै सकिए पनि पाठ्यक्रम तयार गर्न स्थलगत अध्ययनको लागि पाङमा आइपुगेको वताउनुभयो । 

भाषा विज्ञहरुको सहयोगमा २÷३ दिन सम्म अध्ययन अनुसन्धान तथा अवलोकन गरि पाठ्यक्रममा समावेश गरी लोहरुङ भाषाको पाठ्यक्रम तयार गरिने लोहरुङ जाती केन्द्रीय अध्यक्ष चन्द्रबहादुर लोहरुङले जानकारी दिनुभयो । 

मातृभाषाहरुको संरक्षण र सम्वर्दन गर्न आवश्यक रहेको जिल्ला शिक्षा तथा समन्वय इकाइ संखुवासभाका प्रमुख केशव भट्टराईले वताउनुभयो ।

खाँदवारी नगरपालिका नगरप्रमुख मुरारी प्रसाद खतिवडाले लोपउन्मुख जातिको भाषा संरक्षणको लागि लोहरुङ भाषाको पाठ्यक्रम  तयार पार्न स्थानीय तहको समेत सक्दो सहयोग रहेन वताउनुभयो ।

लोहरुङ जातीको उद्गम स्थाल पाङमा नै हो । २०६८सालको जनगणना अनुसार लोहोरुङ जातीहरु ३ हजार ५ सय मात्र जनसंख्या रहेको छ । 

कार्यक्रममा प्रमुख अतिथि खाँदवारी नगरपालकाका नगर प्रमुख मुरारीप्रसाद खतिवडा, जिल्ला शिक्षा तथा समन्वय इकाई संखुवासभाका प्रमुख केशव भट्टराई, भाषाविज्ञ डा. कैलाशकुमार राई , अनुसन्धानदाता मिना राई, बरुण बहुमखी क्याम्पस खाँदवारीका क्याम्पस प्रमुख टिकाराम गुरुङ लगायतको उपस्थिति रहेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.