Websoft University

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सिलान्यास

 

विराटनगर, ३० मंसिर । रातो तारा डट कम, प्रदेश १ मा सुविधासम्पन्न जनस्वास्थ्य प्रयोशाला निर्माण गरिने भएको छ । आगामी असार १५ भित्रमा निर्माण सम्पन्न गर्नेगरि प्रयोशालाको आज मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्नुभयो । 

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण पछि विशिष्टकृत सेवा प्रदान हुने मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । उहाँले प्रयोगशालाका नाममा हुने गरेका वेथिति, अनियमितता, सर्वसधारणलाई ठग्ने कार्यको नियमन हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘ प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाहरुको पनि प्रयोगशालाका काम गर्ने छ ।’ 

सामाजिक विकास मन्त्री जीवन घिमिरेले विशिष्टिकृत परीक्षणका लागि काठमाण्डौं र भारतका विभिन्न शहरहरु जानुपर्ने समस्याको अन्त्य हुने बताउनुभएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट विशिष्टिकृत परीक्षण हुने उहाँले बताउनुभयो । मन्त्री घिमिरेले भन्नुभयो,‘प्रदेश भित्रका प्रयोगशालाको गुणस्तर मापनको जिम्मेवारी, शुल्कको नियमन, अनुगमनको काम प्रदेश प्रयोगशालाले गर्ने छ ।’ शिलान्यासको ८ महिनापछि सेवा शुरु गरिने दावी गर्नुभयो । ६ महिना भित्रमा निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो । 

प्रदेश सभाषद् जयराम यादवले कुनैपनि परीक्षणका लागि काठमाण्डौं धाउनुपर्ने समस्याको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले निश्चित समयमा भवन निर्माण गरि सेवा शुरु गर्न सुझाव दिनुभयो । 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरमा प्रदेश स्तरिय जनस्वास्थ्य निर्माण हुने गौरवको विषय भएको बताउनुभयो । उहाँले प्रयोगशाला निर्माणका लागि आवस्यक सहयोग गर्न महानगर तयार रहेको बताउनुभयो । 

प्रयोगशालामा जेनरल ल्याव, नसर्ने रोग, सरुवा रोग, पीसीआर भाईरल कल्चर परीक्षण लगायतका काम हुने प्रदेश जनस्वास्थ्य निर्देशक जयवेन्द्र यादवले बताउनुभयो । 

शिलान्यास कार्यक्रममा स्नातकोत्तर क्याम्पस विराटनगरका प्रमुख महेश खत्री,  सेभ चिल्ड्रेन प्रदेश १ र २ का वरिष्ठ परियोजना व्यवस्थापक हरिवोल बजगाई, विराट मेडिकल कलेजका प्रयोगशाला विज्ञ सन्तोष काफ्ले लगायतले बोल्नु भएको थियो । सेभ द चिल्ड्रेन र ग्लोवल फण्डसँगको सहायतामा जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ । भवन निर्माणका लागि ८ करोड  बजेट उपलब्ध गराईने सेभ द चिल्ड्रेनका बरिष्ठ व्यवस्थापक बजगाईले जानकारी दिनुभयो । 

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि स्नातकोत्तर क्याम्पसले ८ कठ्ठा १२ धुर जमिन उपलब्ध गराएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.