Websoft University

मानवसेवा आश्रम र जेष्ठ नागरिक ग्राम गौरवशाली परियोजना ः मन्त्री घिमिरे

 


विराटनगर, २९ मंसिर । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मोरङको ग्रामथानमा वन्ने मानवसेवा आश्रम, जेष्ठ नागरिक ग्राम प्रदेशको गौरवशाली आयोजना भएको बताउनु भएको छ ।


ग्रामथान गाउँपालिका ६ र ७ मा निर्माण गरिने मानवआश्रम, जेष्ठ नागरिक ग्राम र चिल्डे«न पार्कको आज शिलन्यास गर्दै मन्त्री घिमिरेले सो कुरा बताउनु भएको हो । उहाँले परियोजनाको निर्माणबाट ग्रामथानको मुहार फेरिनुका साथै विकास निर्माणले गति लिने दावी गर्नु भयो ।

मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बेसहाराको सवैले सेवा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानवसेवा आश्रम, जेष्ठ नागरिक ग्राम निर्माणमा पर्यटकहरुको आकर्षणलाई ध्यान दिई निर्माण गरिने जानकारी दिनु भयो ।

आश्रमको विस्तृत निर्माण परियोजना निर्माणकर्ता इन्जिनियर एवं पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले ७० प्रतिशत रकम स्थानीय निर्माण सामाग्री तथा रोजगारलाई खर्च गर्नका लागि प्राथमिक दिई थारु संस्कृति झल्कने गरी आश्रमको निर्माण गरिने बताउनु भयो । सामाजिक अभियन्ता रमेश प्रसाईले निर्माण हुने ग्राम हामीसवैको भएकोले पुण्य कार्यमा सवैको साथ र सहयोग गर्न आग्रह गर्नु भयो । 

शिलान्यास कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, उद्योग, पर्यटन, वन तथा वातावारण राज्यमन्त्री विजयकुमार विश्वास लगायतको उपस्थिति रहेको थियो ।

१० विगाहा १४ कठ्ठामा ७२ वटा घरहरु निर्माण गरिने योजना बनाईएको छ । सामाजिक विकास मन्त्रालयले चालु आर्थिक बर्षका लागि ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.