Websoft University

अबैध समान सहित मानिस पक्राउ

 


मोरङ, मंसिर ३० गते । रातो तारा डट कम,मोरङको धनपालथान गाउँपालिका-४ बाट भन्सार चोरी पैठारी गरी भित्र्याईएको २ हजार ४६० केजी चिनी सहित ४ जना पक्राउ परेका छन् ।


बिशेष सूचनाको आधारमा सोमवार साँझ साँढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख ४७ हजार रुपैयाँ बराबरको चिनी सहित रङगेली नगरपालिका-१ का २१ बर्षीय अभिषेक कुमार साह, धनपालथान गाउँपालिका-१ का १७ बर्षीय दिपक कुमार मण्डल, १८ बर्षीय अर्जुन कुमार मण्डल र १९ बर्षीय रुपेश मण्डललाई निजहरुले चिनी ओसार पसार गर्न प्रयोग भएको को १८ प ५७४३, को २२ प १६४४ र को ११ प ६६५९ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो ।

यसैगरी सुनवर्सी नगरपालिका-७ बाट अबैध रुपमा चोरी पैठारी गरी ल्याउदै गरेको अन्दाजी रू १६,००,०००(सोह्र लाख) मुल्य बराबरको ON TEST ट्रयाक्टर बरामद भएको छ । प्रहरी चौकी बरडंगाबाट खटिएको प्रहरी टोलीले सोमवार राती ८ बजे ट्याक्टर नियन्त्रणमा लिएको हो । बरामद भएको चिनी तथा ट्याक्टर समेत आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय रानी बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.