Websoft University

किराना पसलमा आगलागी करिव डेड करोड रुपैयाँ बराबरको क्षति

 

फाएल फोटो-

मोरङ, मंसिर ३० गते । रातो तारा डट कम,मोरङको सुनवर्सी नगरपालिका-२ अमरदहमा रहेको पारस किराना पसलमा आगलागी हुँदा अन्दाजी १ करोड ५० लाख बराबरको क्षति भएको छ । आज बिहान राती २ बजेको समयमा पारस साहले संचालन गरेको किराना पसल, पसल रहेको घर र पछाडी रहेको अर्को घर समेतमा  अचानक आगलागी हुँदा घर भित्र रहेको नगद २० लाख, सुन चाँदी, लत्ता कपडा, किराना पसलको समान समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उक्त आगलागी बिराटनगर महानगरपालिका, रङगेली, सुन्दरहरैचा, पथरी, बेलवारी, दमक नगरपालिका तथा कानेपोखरी गाउँपालिकाको दमकल, नेपाल प्रहरी, शशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ९ बजे नियन्त्रणमा आएको तथा आगलागीबाट मानवीय र चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.