Websoft University

आफ्नै दलका नेताहरुले सरकारविरुद्ध घेराबन्दी गरेर काम गर्न नदिएकाले संसद् विघटन गर्नु बाध्यता भयो -प्रधानमन्त्री केपी शर्मा ओली


  • काठमाण्डौ  पुस ६ गते । रातो तारा डट कम, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलका नेताहरुले सरकारविरुद्ध घेराबन्दी गरेर काम गर्न नदिएकाले संसद् विघटन गर्नु बाध्यता भएको बताएका छन ।

प्रधानमन्त्री ओलीले आज दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै आफुलाई चारैतिरबाट घेराबन्दीमा पारिएकाले संसद् विघटन गर्नु परेको बताएका हन् ।

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा सरकारले गरेका कतिपय प्रस्तावमाथि संसद्मा छलफल गर्न पनि नदिइएकाले प्रतिनिधिसभा विघटन गरिएको पनि दाबी गरे ।

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास गरिएको र पार्टी अध्यक्ष तथा संसदीय दलका नेतालाई थाहै नदिई संसद् अधिवेशन बोलाउन खोजिएको बताउँदै प्रधानमन्त्री ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा प्रकाशनलगायतका थुप्रै राष्ट्रवादी काम हुँदासमेत सरकारलाई घेराबन्दीमा पारिएको बताए ।

नेपाल कम्युनिष्ट पार्टीका केही नेताहरुको जनअपेक्षा विपरीत कार्य भएको छ । वाम गठबन्धन बनाएर निर्वाचन लड्ने र पार्टी एकता गर्ने उद्घोष भएको हो, उनले भने,राष्ट्रिय राजनीतिलाई जनअपेक्षाअनुरुप अघि बढ्न नदिने काम भयो । समस्याको दलदलमा राष्ट्रिय राजनीतिलाई अल्झाउने काम भएको छ । तर पनि बाधा हटाउँदै काम भएको हो । केही नेताहरुले सरकारविरुद्ध अड्चन दिइरहे। घेराबन्दी गरिरहे, बाध्य भएर संसद् विघटनको कदम चाल्नु परेको प्रधानमन्त्रीओलीलेबताए ।

प्रधानमन्त्री ओलीले सत्तापक्षकै कतिपय नेता प्रतिपक्ष दलका नेताभन्दा पनि आक्रामक रुपमा लागेको पनि आरोप लगाए । प्रधानमन्त्री बन्ने तयारीमा रहेका पार्टीका नेता र प्रतिपक्ष दललाई पनि नयाँ निर्वाचनले आफ्नो लोकप्रियता मापनका लागि सहयोग गर्ने उनले दाबी गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.