Websoft University

जुवा मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

 

फाएल फोटो..

बिराटनगर मंसिर १६ गते । रातो तारा डट कम, सम्मानित जिल्ला अदालत मोरङको मिति २०७१।०२।२१ गतेको फैसलाले रू २०० जरिवाना तोकी हालसम्म फरार रहेका जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.९ घोघापुल चोक बस्ने बर्ष ६० को नविरज खाँ, ऐऐ बस्ने बर्ष ४४ को मजमिल हुँसेन, ऐऐ बस्ने बर्ष ६४ को रजाक भन्ने राजु खाँ र ऐऐ बस्ने बर्ष ६४ को मुन्ना कुरेशीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०८।१५ गते अन्दाजी १०.०० बजे विराटनगर महानगरपालिका वडा नं. ९ घोघापुलबाट पक्राउ गरिएको साथै सोही मुद्दामा हालसम्म फरार रहेका जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.  ९ ट्राफिक चोक बस्ने बर्ष ४१ को राम बहादुर गुरूङ, ऐऐ बस्ने बर्ष ४१ को लक्ष्मण बहादुर गुरूङ, ऐऐ बस्ने बर्ष ३०  को सुमित साह, ऐ। विराटनगर १० शान्ति चोक बस्ने बर्ष ३२ को विजय श्रेष्ठ र मिति २०७०।०१।१२ गतेको फैसलाले जुवा मुद्दामा २०० रूपैया जरिवाना तोकिएका ऐ। विराटनगर ७ हस्पिटल चोक बस्ने बर्ष ३५ को हंशराज जैनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७७।८।१६ गते अन्दाजी ०९.०० बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं . ९ ट्राफिक चोकबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत मोरङमा बुझाउने कार्य भई रहेको । 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.