Websoft University

अवैध चिरान काठ सहित ५ जना मानिस समेत पक्राउ परे

 


बिराटनगर मंसिर १६ गते । रातो तारा डट कम, मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. १ सुके स्थित छेडी  सामुदायिक वनदेखी उत्तरबाट दक्षिणतर्फ को १ त ८५५९ नम्बरको ट्रयाक्टरमा बिभिन्न जातको चिरान काठ अवैध रुपमा लोड गरी ल्याई रहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले ट्याक्टर र ट्याक्टरमा लोड भएको चिरान काठ सहित निम्न स्थान बस्ने निम्न मानिसहरु समेत लाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय उर्लाबारीमा ल्याई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय मधुमल्लामा बुझाउने कार्यभईरहेकोछ । पक्राउ मानिसहरू:-

 जिल्ला मोरङ मिक्लाजुङ गा।पा। १ सुगुरे बस्ने  बर्ष ३६ को ईलाख राई साहु,चालक

 ऐ मान्द्रे बस्ने बर्ष १६ को तगिन राई

 ऐ बस्ने बर्ष १८ को दुम्से राई

 ऐ बस्ने बर्ष १९ को सबिन राई 

 ऐ बस्ने बर्ष १६ को बिशाल राई

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.