Websoft University

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

 


बिराटनगर, मंसिर १६ गते । रातो तारा डट कम,प्रदेशका बिभिन्न स्थानहरुमा सोमवार भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । सोमबार बिहान सबा ८ बजे मोरङको ग्रामथान गाउँपालिका- १ मा को १ त ८८१३ नम्बरको ट्याक्टर अनियन्त्रीत भई  दुर्घटना हुँदा सोही ट्याक्टरका सह-चालक बुढिगंगा गाउपालिका-१ का ४० बर्षीय गुरुचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको हो । 
यसैगरी मोरङकै बिराटनगर महानगरपालिका-९ मा सोमवार दिउँसो साँढे ४ बजे मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । को १२ प ३६५ नम्बरको मोटरसाईकल बुद्धचोकमा अचानक दुर्घटना हुँदा मोटरसाईकलमा सवार रहेकी बिराटनगर-१५ की ६० बर्षीया मनकामना झा घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागी न्यूरो अस्पताल लगिएकोमा उपचारको क्रममा  साँझ ५ बजे मृत्यु भएको थियो । 
यस्तै झापाको दमक नगरपालिका-४ तारावारीमा सोमवार दिऊँसो सवा १ बजे  मे १ त ६१९६ नम्बरको ट्याक्टरले स्थानीय तुलसी धिमालको ८ बर्षिय छोरा जेनिस धिमाललाई ठक्कर दिंदा बालक घाईते भएका थिए । घाईते भएका बालकलाई उपचारको लागी अरनिको अस्पताल लगी उपचार भईरहेकोमा उपचारको क्रममा साँढे १ बजे बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 
यसैगरी ईलामको फाकफोकथुम गाउँपालिका-५ थुम्का भिरमा तरकारी बोकेको पिकअप दुर्घटनामा हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । सोमवार बेलुका साँढे ५ बजेको समयमा पाँचथरको रवीबाट तरकारी बोकेर ईलाम जाँदै गरेको को २ च १५ नम्बरको पिकअप आफै अनियन्त्रीत भई थुम्का भिरबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा माई नगरपालिका-९ का ४० बर्षीय दिनेश लिम्बु र ईलाम नगरपालिका-११ का ३० बर्षीय नबिन तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.