Websoft University

प्रदेश १ मा २८६ डिस्चार्ज, ३५ संक्रमित थपिए

 


विराटनगर, ८ पुस । रातो तारा डट कम, प्रदेश १ मा आज २८६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २८३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ७८१ पुगेको छ ।

प्रदेश १ मा आज ३५ संक्रमित थपिएका छन् । मोरंगमा १९, झापामा ६, सुनसरीमा ५, ते¥हथुम र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १३, रतुवामाई र धनपालथानमा २–२ र रंगेली र बेलबारीमा १–१, झापाको दमक र शिवसताक्षीमा २–२, गौरादह र मेचीनगरमा १–१, सुनसरीको धरानमा २, इटहरी, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१, ते¥हथुमको फेदाप र इलामको सुर्योदयमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ५२४ पुगेको छ । 

प्रदेश १ मा आज ४७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ६ हजार २४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.