Websoft University

फेसन र डान्स कोरियोग्राफी गरेबापत सम्मानित

 


काठमाडौ पुस ८ गते । रातो तारा डट कम, देश विदेशका विभिन्न कार्यक्रममा फेसन र डान्स कोरियोग्राफी गर्दै आएका अश्विनीकान्त झा राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित भएका छन्।

कविलासी नगरपालिक वडा नं ७ गौर घर भई राजधानीमा बसी सयौं सौन्दर्य प्रतियोगिता र फेसन शोमा कोरियोग्राफी गर्दै आएका झालाई मंगलबार युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारस्थित मन्त्रालय प्रांगणमा आयोजना गरेको एक समारोहमा सो सम्मानबाट सम्मानित गरेको हो।
  
समारोहमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्मा ले कोरियोग्राफर झालाई नगद १ लाख रुपियाँसहित राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित गरेका थिए।मन्त्रालयले हरेक वर्ष विभिन्न विधामा राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गर्दै आएबमोजिम यस वर्ष आधा दर्जन विधामा सम्मान गर्ने क्रममा कला तथा कोरियोग्राफी क्षेत्रबाट यस वर्ष झालाई सम्मान गरेको हो।   
 
कला तथा कोरियोग्राफी क्षेत्रमा योगदान पु¥याएवापत झालाई यो सम्मानबाट सम्मानित गरिएको मन्त्रालयले जनाएको छ। यस वर्ष यो विधाबाट सम्मानि हुने झा एक्लो प्रतिभा हुन्। लामो समयदेखि फेशन कोरियोग्राफी तथा नृत्य कोरियोग्राफी गर्दै आएका अश्विनीले हालसम्म २ सयभन्दा बढी व्युटी पेजेन्ट तथा फेशन शोका लागि कोरियोग्राफी गरिसकेका छन्। यस क्रममा उनले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय व्युटी पेजेन्ट र फेशन शोका लागि कोरियोग्राफी गरेका छन्।

यो सम्मानले आगामी दिनमा अभैm उत्कृष्ट र देशलाई चिनाउने कार्य गर्दै जाने प्रेरणा मिलेको अश्विनी बताउँछन्। ‘यो सम्मान सम्पूर्ण युवाहरुमा आ आप्mनो क्षेत्रमा क्रियाशिल भई देशमा राम्रो काम गर्नेहरुप्रति समर्पण गर्दछु’ उनले भने।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.