Websoft University

कुटपिट तथा हत्यामा संग्लग्न २ जना पक्राउ

 


सुनसरी, पौष, ८ गते । रातो तारा डट कम,सुनसरीको कोशी गाउँपालिका-३ का ८० बर्षीय गंगाई दासलाई कुटपिट गरी हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । आज बिहान राती अबैध कपडा ओसार पसार गर्ने क्रममा स्थानीय ५५ बर्षीय उदिचन्द मुखिया र ६० बर्षीय कृपा मल्लाहले कुटपिट गरेको र सोही कारणले दासको घटनास्थलमा नै मृत्यु भएको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले दासलाई मृत अवस्थामा फेला पारेको थियो । घटना सम्बन्धमा अनुसन्धान गर्ने क्रममा मुखिया र मल्लाहको संग्लग्नता रहेको भन्ने जानकारी पाएसंगै दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.