Websoft University

अबैध हातहतियार सहित २ जना पक्राउ

 


सुनसरी, पौष, ८ गते । रातो तारा डट कम, सुनसरीको कोशी गाऊँपालिका-८ भाण्टावारीबाट अबैध हातहतियार सहित २ जनालाई प्रहरी पक्राउ गरेको छ । उक्त स्थानमा हातहतियारको बिक्रिबितरण भईरहेको भन्ने बिशेष सूचनाका आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय मो.मुक्तार मिया र २७ बर्षीय सद्दाम मियालाई पक्राउ गरेको हो । निजहरुको साथबाट प्रहरीले कटुवा पेस्तोल २ थान, सोही पेस्तोलमा प्रयोग हुने ५ राउण्ड गोली, हतियार ओसार पसारमा निजहरुले प्रयोग गरेको २ थान मोटरसाईकल र २ थान मोवायल समेत बरामद गरेको छ । हातहतियार सहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा मुलुकी अपराध (संहिता)  ऐन-२०७४ को हात हतियार खरखजना सम्वन्धी कसुरमा कानुनी प्रकृया अगाढी वढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.