Websoft University

नेकपाका दुबैको केन्द्रीय कमिटिको बैठक बस्दै


काठमाण्डौ पुस ९ गते । रातो तारा डट कम,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्ष रणनीति छलफलमा जुटेका छन् । केपी शर्मा ओली र प्रचण्ड–नेपाल दुवै समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । ओली पक्षको केन्द्रीय कमिटी बैठक बिहान ९ बजे बालुवाटारमा बोलाएको छ । बैठकमा चुनावी रणनीतिका विषयमा छलपल हुनेछ । ओलीपछिको बरियता को भन्ने विषयमा पनि टुङगो लाग्नेछ । गृहमन्त्री रामबहादुर थापाले ओलीकै लागने सहमति जनाइसक्नु भएको छ । प्रचण्ड–नेपाल पक्षको बैठक भने साढे ११ बजे बबरमहलमा बस्नेछ । यसअघि हिजो बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले १ हजार १ सय ९९ जना हुने गरी महाधिवेशन महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । यस्तै, प्रचण्ड–नेपाल पक्षको आजको केन्द्रीय कमिटी बैठकले महासचिव पदको टुङ्गो लगाउने भएको छ । प्रचण्ड–नेपाल समूहमा महासचिवका लागि सुरेन्द्र पाण्डे, भीम रावल र जनार्दन शर्मा महासचिवका आकाङ्क्षी देखिएका छन् । नेकपा औपचारिक रुपमा विभाजन नभए पनि दुवै पक्षले केन्द्रीय पदाधिकारी चयन र संगठन विस्तारलाई तीव्रता दिएका छन् ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.