Websoft University

ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

 


मोरङ, पौष १२ गते । रातो तारा डट कम, मोरङको पथरी शनिश्चरे नगरपालिका-१० सिविरडाँडामा शनिवार साँझ ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को २ त ५५८१ नम्बरको ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको मे ११ प ३४३५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक रतुवामाई नगरपालिका-१० का ५२ बर्षीय सन्त बहादुर आले मगरको उपचारको क्रममा बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको हो । सोही घटनामा घाईते भएका मोटरसाईकलको पछाडी सवार रहेका ४५ बर्षीय शुक्ल मुर्मुको पथरी अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.