Websoft University

प्रदेश १ मा प्रचण्ड–नेपाल समूहका मन्त्रीहरुले आज राजीनामा दिँदै


काठमाण्डौ पुस १२ गते । रातो तारा डट कम,नेकपाको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन भएपछि अब प्रदेश सभामा पनि त्यसको असर परेको छ । नेकपाका दुबै समुह प्रदेशमा आफ्नो पक्षमा पल्लाभारी बनाउन लागिपरेका छन् ।

तर मुख्यमन्त्रीहरुले भने केन्द्रमा देखिएको विवादले प्रदेश सरकारमा असर नपार्ने बताएका छन् । यसैबीच, प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राइले आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गर्नुभएको छ । प्रचण्ड–नेपाल पक्षका मन्त्रीहरुले हिजो राजीनामा दिने तयारी गरिरेहका बेला मुख्यमन्त्री राइले हिजै उहाँलाई पदमुक्त गर्नुभएको हो । 

अव मुख्यमन्त्री विरुद्ध अविश्वसको प्रस्ताव दर्ता गराउने बाटो खुलेको भन्दै प्रचण्ड–नेपाल समूहका सबै मन्त्रीहरुले राजीनामा बुझाउने तयारी गरेका छन ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.