Websoft University

चिनियाँ कम्युनिस्ट पार्टीको चार सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौं आउँदै,


काठमाण्डौ पुस १२ गते । रातो तारा डट कम,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादमा चीनले चासो राखेको छ । नेकपाको विभाजनपछिको परिस्थिति आँकलन गर्न चिनियाँ कम्युनिस्ट पार्टीको चार सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौं आउँदै छ । 

अन्तर्राष्ट्रिय समन्वय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वको प्रतिनिधिमण्डल चार दिने भ्रमणका लागि आज नेपाल आउन लागेको हो । उपमन्त्री गुओ राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा संसद् विघटन गरेपछि नेपाल आउने पहिलो विदेशी अधिकारी हुनुहुन्छ । उहाँको टोलीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपाका दुवै खेमाको नेतृत्व र काँग्रेसका शीर्ष नेतासँग भेट्ने कार्यक्रम छ । 

यद्यपि, भेटवार्ताको कार्यतालिका भने सार्वजनिक भएको छैन । नेकपाका अध्यक्षद्वय प्रचण्ड–माधव नेपाल समूहको विदेश विभाग उपप्रमुख विष्णु रिजालले चिनियाँ दूतावासले नेता गुओको भ्रमणबारे जानकारी गराएको बताउनुभयो । यसअघि, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि संसद विघटनपछि राजनीतिक भेटघाटलाई तीव्रता दिनुभएको छ । 

पुस ५ मा संसद विघटन भएपछि उहाँले नेकपा नेता माधवकुमार नेपाल, कृष्णबहादुर महरा, अध्यक्ष प्रचण्ड र नेता वर्षमान पुनलाई भेटेर छलफल गरिसक्नुभएको छ । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.