Websoft University

 


श्याम राई- गाईघाट २४ मंसिर । रातो तारा डट कम,नेपाल कम्युनिष्ट पार्टि  का्रन्तीकारी  माओवादी  का  महासचिब मोहन बैध (किरण )ले  बर्तमान सरकार बिरुद्ध संयुक्त मोर्चा निमार्ण गर्न लागेको बताएकाछन । दुइ तिहाइ बहुमतको सरकारले जनजीविका, रोजगारी र राष्टिय स्वाधिनता को सन्दर्भमा काम गर्न नसकेकोले सरकार बिरुद्ध संयुक्त मोर्चा नि र्माण गर्न बिभीन्न दल र समुह संग बार्ता भैरहेको उनले बताए । पार्टि कामको सिलसिलामा गाईघाट आइपुगेका उनले बुधबार आयोजीत पत्रकार सम्मेलनमा बिप्लब (माओवादी) ले अहिले गरीरहेको गतिबिधिले उसंग कार्यगत एकता हुन नसक्ने बताए । महासचिब बैधले सरकारको अलोकप्रियता को फाईदा उठाउदै संघियता र गणतन्त्र नचाहाने शक्तीले संघियता बिरुद्ध बिधिन्न षडयन्त्र गरीरहेको बताए । “अहिले संघियता माथी कडा प्रहार हुन थालेको छ । सरकारको काम गराई बाट जनतामा बितृष्णा फैलदै गईरहेको छ । उनले भने । “कुनै पनि बेला संघियता माथी षडयन्त्र हुन सक्छ । उनले एमसिसीको नाममा अमेरीकाले नेपाल लाई रणभुमी बनाउन सक्ने भएकाले त्यस बिरुद्ध डटेर लागी पर्नु पर्ने बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.