Websoft University

ओलम्पिकको खर्चमा २२ प्रतिशतले वृद्धि हुने


काठमाण्डौ पुस ८ गते । रातो तारा डट कम,टोकियो ओलम्पिकको आधिकारिक खर्चमा २२ प्रतिशतले वृद्धि हुने भएको छ । स्थानीय आयोजक समितिले मंगलबार नयाँ बजेट जारी गर्दै यसको जानकारी दिएको हो । पत्रकार सम्मेलनमार्फत् समितिले ओलम्पिक आयोजनामा १५ अर्ब ४० करोड डलर खर्च हुने जनाएको छ । पछिल्लो वर्ष ओलम्पिक आयोजनाको खर्च १२ अर्ब ६० करोड रहेको थियो । प्रतियोगिता एक वर्ष ढिला सुरु हुदाँ बजेटमा दुई अर्ब ८० करोड डलर लागत बढेको हो । नयाँ सम्झौता अनुसार अघि बढ्नुपर्ने र कोरोना महामारीका कारण खर्चमा वृद्धि भएको बताईएको छ । ओलम्पिकको आयोजना सन् २०२१ को जुलाई २३ मा हुनेछ । पाराओलम्पिक अगष्ट २४ बाट सुरु हुनेछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.