बिराटनगर मंसिर २७ गते । रातो तारा डट कम, जिल्ला अदालत मोरङको मंसिर २३ गतेको फैसलामा विगो ६,०७,४६७।- र १ बर्ष कैद सजाय शुरू मुद्दा सदर हुने ठहरी सम्मानित उच्च अदालत मोरङको मिति २०७५।११।२८ गतेको फैसलाले लेनदेन विगो मुद्दामा हालसम्म फरार रहेका प्रतिवादीहरू जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.१२ कोशी प्रोजेक्ट बस्ने बर्ष ६८ को रूपनारायण पौडेल र श्रीमती बर्ष ५२ की सिता देवी पौडेललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०८।२५ गते अन्दाजी १२.०० बजे निजहरूको घर विराटनगर १२ कोशी प्रोजेक्टबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत मोरङमा बुझाउने कार्य भई रहेको प्रहरीले जनाएको छ ।
Post a Comment