Websoft University

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु एक घाइते

 

मोहन कुमार राई÷ मंसिर २७ गते । रातो तारा डट कम, संखुवासभा, खाँदवारी नगरपालिका वडा नं. ९ स्थित मुङलिङ स्थित कोशी राजमार्गमा मोटरसाइकल र ट्याकटर एक आपसमा ठोकिदा मोटरसाइकल चालक दिवस राईको मृत्यु भएको छ । 

शुक्रवार खाँदवारीबाट चैनपुर तर्फ जादैगरेको ना.४५ प २०७० नम्बरको मोटरसाइकल सँग विपरीत दिशाबाट आइरहेको को २ त ४३१९ नम्बरको ट्क्टर एकआपसमा ठक्कर खादा मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए । मोटरसाइकल चालक खाँदवारी न.पा. १ स्थित चाँदनी चोकमा वस्ने वर्ष २५ को विवस राई र सोही स्थान वस्ने वर्ष २७ को मनोज सुनार राईको मनकामना अस्पताल तुम्लिङ्गटारमा उपचारको क्रममा चालक दिवस राईको मृत्यु भएको थियो । मोटरसाइकलमा पछाडी सवार मनोज सुनुवार राईको थप उपचारको लागि काठमाण्डौ लगिएको छ । मृतक राईको लास पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदवारीलगिएकोथियो । ट्याक्टर र ट्याक्टर चालक चैनपुर नगरपालिका वडा नं. ३ का वर्ष २० का धनबहादुर तामाङलाई  प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.