बिराटनगर मंसिर २६ गते । रातो तारा डट कम, मोरङ धनपालथान गाउँपालिका वडा नं ५ स्थित प्रतिवादी सुरेश खवासको धान खेतमा मल छर्ने क्रममा जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं ८ बस्ने बर्ष ३२ को सुरेश कुमार खवासले पिडित बर्ष २१ की परिवर्तित नाम सुनवर्षी ५० लाई एक्लै पारी जवरजस्ती करणी कसूरमा मिति २०७७।०६।२५ गते ईलाका प्रहरी कार्यालय रंगेलीमा जाहेरी दरखास्त प्राप्त भई अनुसन्धानका क्रममा फरार रहेका प्रतिवादी सुरेश कुमार खवासलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०८।१९ गते जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं ७ रंगेली बजारबाट १५ .०० बजे पक्राउ गरी अनुसन्धान गर्दा उक्त घटना गाउँघरमा पिडित पक्षलाई रू ५ लाख दिई मिलापत्र गराउने भन्ने खुल्न आई मिलापत्र कागज समेत बरामद भएको हुँदा उक्त मिलापत्र कागज गराउन संलग्न जिल्ला मोरङ धनपालथान गाउँपालिका वडा नं ५ बस्ने बर्ष ६५ को धनेशु खवास, ऐऐ बस्ने बर्ष ५३ को सुधार सिंह खवास, ऐऐ बस्ने बर्ष ६२ को मागन खवास, ऐऐ बस्ने बर्ष ६२ को कलकनु खवास, रंगेली नगरपालिका वडा नं १ बस्ने बर्ष ६७ को जगत नारायण खवास र बेलबारी नगरपालिका वडा नं ८ बस्ने बर्ष ५३ को मथालु खवासलाई मिति २०७७।०८।२५ गते निजहरूलाई आ-आफ्नै घर वतनबाट पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेकोछ ।
Post a Comment