Websoft University

मिनि ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु


मोरङ,पौष-११ गते । रातो तारा डट कम,
सुनसरी दुहबी-१२ स्थितमा बस्ने ५२ बर्षीय रामफल माझीको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ । शुक्रबार बेलुका सवा ६ बजे बिराटनगर-४ कंचनबारी स्थितमा को १ क २८७८ नम्बरको मिनि ट्रकले को ३१ प २३ नम्बरको  स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक माझी गम्भिर घाईते भएका थिए । घाईते माझीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा बेलुका साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रक र चालक मोरङ बुढीगंगाका ३८ बर्षीय प्रेम न्यौपाने नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.