Websoft University

सडक मानवको उद्धार


इटहरी सुनसरी पुस १० गते । रातो तारा डट कम,इटहरी र धरानवाट १२ जना वालवालिका सहित १सय ५ जना सहयोगापेक्षी सडक मानवको उद्धार गरिएको छ । धरान र इटहरी उपमहानगरका सडकमा वस्ने १सय ५ जना ब्यक्तिहरुको उद्धार गरिएको हो ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको अगुवाईमा इटहरी र धरान उपमहानगर तथा मानव सेवा आश्रमको संयोजनमा उहाँहरुको उद्धार गरिएको हो । उहाँहरुलाई इटहरीको शुभारम्भ पार्टी प्यालेसमा ल्याएर कपाल,नङ्ग काटदिनुका साथै नुहाएर नयाँ कपडा प्रदान गरियो ।

पेश्को मेकअप स्टुडियो इटहरीको तर्फवाट निशुल्क कपाल,नङ्ग काटने कार्य भएको हो ।१सय ५ जना मध्ये १२ जना वालवालिकालाई भ्वाइस अफ चिल्डे’न इटहरीमा पठाइएको   छ । अन्य ९३ जनालाई मानव सेवा आश्रम विराटनगर लगिएको छ । सामाजिक विकास राज्य मन्त्री जसमायाँ गजमेरको प्रमुख आतिथ्यमा सहभोज कार्यक्रम समेत सम्पन्न भएको छ । राज्यमन्त्री गजमेरले प्रदेश १ का सडकमा कोहि पनि जनता भोकभोकै वस्नु नपरोस भनेर प्रदेश सरकार उद्धारमा लागेको वताउनुभयो । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको सहयोगापेक्षी सडक मानव उद्धार पूर्नस्थापना तथा सहभोज कार्यक्रममा धरानउपमहानगरकी उपप्रमुख मन्जु भण्डारीले स्वागत गर्नु  भयो । धरान उपमहानगरका प्रमुख तिलक राई, ,सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्की,सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्र पोखरेल,मानव सेवा आश्रमका सचिव सुमन वर्तोलाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो । कार्यक्रम इटहरी उपमहानगरको ब्यवस्थापनमा भएको हो । आज उद्धार गरिएका सहयोपेक्षी सडक मानवहरुलाई परामर्श र स्वास्थ्य उपचार पछि आफनो घरमा पुर्नस्थापना हुन चाहनेलाई पूर्नस्थापना र आफन्त कोहि पनि भएका तथा पूर्नस्थापना गराउन नसकिएकाहरुलाई मानवसेवा आश्रममा राखिने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.