Websoft University

सुनसरी - अपांङ्गता भएको परिवारलाई इटहरी उपमहानगरले यस बर्ष पनि एकलाख रुपियाँ प्रदान गर्यो


सुनसरी इटहरी मंसिर १६ गते । रातो तारा डट कम, इटहरी वडा नम्वर दुईको तामाङ्गचौकको एकै घरका चार जना छोराछोरी अपांङ्गता भएको परिवारलाई इटहरी उपमहानगरले यस बर्ष पनि एकलाख रुपियाँ प्रदान गरेको छ । इटहरी २ स्थित  लक्ष्मण तामाडको घरमै आयोजित कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले एक लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभयो । तामाङ्ग परिवारका १५ देखि ३० बर्ष सम्मका दुई छोरा र दुईछोरी कोहि पनि आँखा देख्न सक्दैनन ।

कान्छोछोरो वाहेक कोहि पनि वोल्न समेत सक्दैनन ।उठेर हिडन त परै जाओस,वस्न पनि सक्दैनन । ओल्टाइपल्टाइ गर्नुपर्छ । अलि अलि मात्र आँखा देख्न सक्ने कान्छोछोराको अवस्था पनि विस्तारै अन्य दाजु दिदीको जस्तै वन्दै गएको छ । गत बर्ष पनि चार जना अपांङ्गताभएका छोरा छोरीको भरणपोषणका लागि प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले उपमहानगरको तर्फवाट एकलाख रुपियाँको चेक घरैमा गएर प्रदान गर्नुभएको थियो ।

यसअघि गत बर्षनै उपप्रमुख गौतमले लक्ष्मण तामागकी जेठी छोरी अस्मिता,जेठो छोरा सरोज,कान्छी छोरी सुस्मिता र कान्छो छोरा संदीपलाई पूर्ण अपांङ्गता भएको रातोकार्ड घरमै पुगेर वितरण गर्नुभएको थियो  । रातोकार्ड प्राप्त गरेपनि उनीहरुले मासिक प्रतिब्यक्ति तीनहजार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन ।इटहरी सरकारले घरमै आएर निरन्तर सहयोग गरेकोमा  उनीहरुका वुवा लक्ष्मण तामाङ्ग खुशि ब्यक्त गर्नुहुन्छ । उहाँले घर आँगनमै सरकारआएको महशुषभएको वताउनुभयो । लक्ष्मण तामागका अनुसार जेठी छोरी अस्मिता सात बर्षसम्म सवै ठीक थिइन ।

त्यसपछि विस्तारै आँखा देख्न छाडिन,एक बर्षमा पुरै आँखा नदेख्ने भयो,त्यसपछि ढल्ने वेहोस हुने समस्या भयो,केहि समय पछि केहि थाहा नपाउने भएर ओछयानको ओछयान भइन । अरु दुईजनालाई पनि ठयाक्कै त्यस्तै भयो । कान्छोछोराले पनि आँखा देख्न सक्दैनन हिडडुल गर्न भने सक्छन । यसैबिच लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा इटहरी उपमहानगरद्धारा मायाँ घर इटहरीमा रहेका ४७ जनालाई न्यायो कपडा वितरण गरिएको छ । उपप्रमुख गौतमले मायाँ घर इटहरीमा आश्रय लिएका ब्यक्तिहरुलाई न्यायो कपडा वितरण गर्नुभएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.