Websoft University

विराटनगर महानगरपालिकाद्वारा बनाइएको प्लाज्मा एप शुभारम्भ भयो


बिराटनगर मंसिर १६ गते । रातो तारा डट कम, विराटनगर महानगरपालिकाद्वारा बनाइएको प्लाज्मा एप शुभारम्भ भएको छ । मेयर भीम पराजुलीले एक कार्यक्रमका बीच एप्सको शुभारम्भ गर्नुभएको हो । व्यक्तिगत विवरण राखेर दाता र प्राप्तकर्ताबीच संमन्वय गराउन एपले मद्दत गर्ने  छ । व्यक्तिले एपमा संक्रमित भएको मिति, संक्रमणमुक्त भएको मिति राख्ने व्यवस्था गरेको छ ।

त्यसको अध्यावधिक विराटनगर महानगरपालिकाले गर्ने निर्माणकर्ताको भनाइ छ । संक्रमणमुक्त भएको ३० दिनभित्र प्लाजमा दान गरिसक्नु पर्नेछ । त्यस समयमा दान गर्न नपाउनेको महानगरले प्लाज्मा बैंकमा जम्मा गर्ने व्यवस्था मिलाउने छ । कार्यक्रममा महानगरकी उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल,महानगर जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की , जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियोे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.