Websoft University

फुटबल–फिफाको काउन्सिल बैठकले महिला खेलाडीका लागि महत्वपूर्ण निर्णय गर्यो


काठमाण्डौ मंसिर २० गते । रातो तारा डट कम,विश्व फुटबल महासंघ फिफाको काउन्सिल बैठकले महिला खेलाडीका लागि निकै नै आवश्यक तथा महत्वपूर्ण निर्णय गरेको छ, जसलाई फिफा आफैंले महिला खेलाडीका लागि कोशेढुंगा भनेर परिभाषित गरेको छ । 

हिजोको बैठकले अन्तराष्ट्रिय श्रम सन्धी ऐनअनुसार महिला खेलाडीको गर्भवती र सुत्केरी समयमा क्लबले हेरचाह गर्नुपर्ने व्यवस्थालाई पारित गरेको छ र अब कार्यान्वयनमा जानेछ । यो व्यवस्था नोभेम्बरमा फिफा फुटबलको बैठकमा प्रस्ताव गरिएको थियो र हिजो पारित गरिएको हो । नयाँ व्यवस्थाअनुसार महिला खेलाडीलाई गर्भ रहेदेखि नै क्लबले विशेष हेरचाह गर्नुपर्नेछ । 

उनीहरुलाई जोखिम हुने काममा लगाउन पाइने छैन बरु समय समयमा चिकित्सकीय सल्लाह र पोषणको व्यवस्था गर्नुपर्नेछ । खेलाडीले कम्तिमा १४ साताको बिदा पाउनुपर्छ र त्योमध्ये ८ साता सुत्केरी भएपछिको समयलाई गणना गर्नुपर्नेछ । यसबीचमा क्लबले सम्झौताअनुसारको सुविधाको कम्तिमा २ तिहाइ भुक्तान गर्नुपर्ने हुन्छ । 

सम्झौता अवधि बाँकी रहेको अवस्थामा महिला खेलाडी सुत्केरीपछि क्लबमा फर्कन पाउनेछन् र उनीहरुको करिअर र क्षमतामा क्लबले नजरअन्दाज गर्न पाउने छैन । फिफा काउन्सिल बैठकले ७१ औं फिफा कंग्रेस सन् २०२१ को मे महिनामा गर्ने निर्णय पनि गरेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.